फुटबल खेलाडी साम्बा कृषि विकास बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त
काठमाण्डौं । नेपाल कृषि विकास बैंकले महिला फुटबल खेलाडी सावित्रा भण्डारी(साम्बा) लाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । ब्रान्ड एम्बेस्डर नियुक्ति पाएसँगै उनले बैंकको बजार प्रबर्द्धनका लागि काम गर्ने छिन् । उनलाई वार्षिक ८ लाख रुपैयाँ दिने गरि सम्झौता भएको कम्पनीका कार्यकारी अधिकृत(सीईओ) गोविन्द गुरुङले जानकारी दिए । सम्झौता अनुसार उनी एक वर्षका लागि ब्रान्ड एम्बेसडरका रूपमा रहने छिन् । उनी कृषि विकास बैंकसँग जोडिएसँगै बैंकका ग्राहक पनि बढ्ने अपेक्षा गरेको सीईओ गुरुङले बताए ।
साम्बासँग सहकार्य गरेर अगाडी जान पाउँदा बैंकको जुन इमेज छ त्यो अझ राम्रो हुन्छ र बढीभन्दा बढी मानिसको बीचमा प्रचारप्रसार हुन्छ भने उद्धेष्यले ब्राण्ड एमबेस्डरमा नियुक्त गरेका हौं । बैंकको ब्रान्ड एमबेस्डरमा नियुक्त गर्न पाउँदा म लगायत बैंक परिवार धेरै खुसी छ । नेपालमा खेलाडीलाई ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गर्ने प्रचलन एकदम कम रहेको भन्दै उनले गाउँको बारीमा फुटबल खेलेर अन्तरराष्ट्रियस्तरसम्म पुग्नु सानो कुरा नभएको बताए । कृषि विकास बैंक जस्तो ख्याती कमाएको संस्थामा ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त हुन पाउँदा आफूलाई धेरै खुसी भएको फुटवल खेलाडी साम्बाले बताइन् ।