टी–२० विश्वकप- चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदै

काठमाडौं । जारी टी–२० विश्वकपअन्तर्गत आज राति भारत र पाकिस्तान आमने सामने हुँदैछन् ।

समूह ए अन्तर्गत यो खेल नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राती सवा ८ बजेबाट सुरु हुनेछ । चिरपरिचित यी प्रतिद्वन्द्वीको खेललाई टी–२० विश्वकपकै सबैभन्दा ठुलो खेल मानिन्छ । पहिलो खेलमा भारतले आयरल्याण्डविरुद्ध सहज जित निकाल्दा पाकिस्तानले अमेरिकासँग हार बेहोरेको थियो ।

यो खेल हारेमा पाकिस्तानको सुपर–८ मा पुग्ने सम्भावना कठिन हुनेछ । २०२२ मा भएको टी–२० विश्वकपमा फाइनलमा पराजित पाकिस्तान त्यसयता खराब प्रदर्शन गरिरहेको छ । यता भारत भने उत्कृष्ट लयमा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *