प्रभु बैंक र सौराहाका १६ भन्दा बढी होटेलबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंकले भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दै प्रभु बैंकका कर्मचारी र ग्राहकलाई सौराहास्थित होटेल तथा रेस्टुरेन्ट सेवामा विशेष छुट दिने सम्झौता गरिएको छ । सम्झौतापत्रमा प्रभु बैंकको गण्डकी प्रदेशकी प्रमुख सांग्रिला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, बैंकका कर्मचारी र ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजालगायत होटेलमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताबमोजिम प्रभु बैंकका कर्मचारी र ग्राहकले आवासमा आठदेखि १५ प्रतिशत तथा खाना र पेयपदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । भरतपुर विभिन्न प्राकृतिक छटाले भरिपूर्ण रमणीय पर्यटकीयस्थलका रूपमा चिनिन्छ । सौराहा, मेघौली, कसरा, देवघाटधामलगायत रमणीय एवं धार्मिक क्षेत्रको भ्रमण गर्न यो उपयुक्त गन्तव्यका रूपमा लिन सकिन्छ ।
‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *