सामसङ ग्यालेक्सी एम३५ फाइभजी नेपालमा

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एम ३५ फाइभजी सार्वजनिक गरेको छ । विशेष फिचर र टिकाउ ब्याट्रीका कारण यो फोन विशेष रहेको कम्पनीको भनाइ छ । यसमा ६ हजार एमएएचको ब्याट्री छ । यस फोनले लामो समय चार्ज टिकाउने र २५ वाटको चार्जिङ सपोर्ट गर्ने जनाएको छ । उक्त चार्जर फोनसँग निस्शुल्क रूपमा मिल्नेछ । एक्साइनोस१३९० प्रासेसर रहेको फोनमा कम्पनीले मोन्स्टर–लेबल पफर्मेन्स रहेको भनेको छ । कम्पनीका अनुसार फोनमा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज छ । वानयूआई ६.१ रहेको फोन एन्ड्रोइड १५ मा आधारित छ । ग्यालेक्सी एम३५ ले सहज र प्रभावकारी प्रयोगकर्ता अनुभवको ग्यारेन्टी दिने कम्पनीको भनाइ छ ।

यस फोनमा सामसङले चार वर्षको ओएस अपडेट र पाँच वर्षको सेक्युरिटी प्याच दिने जनाएको छ । ६.६ एफएचडिप्लस १२० हर्जको एमोलेड डिस्प्ले रहेको फोनमा एक हजार निट्सको पिक ब्राइटनेस छ । फोनमा अप्टिकल इमेज स्ट्याबिलाइजेसनसहित ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामराको छ । फोनको मुख्य क्यामेरा भने ५० मेगापिक्सेलको छ । फोनले ३० एफपीएसमा फोरके रेकर्डिङ र ७२० एमपीमा २४० एफपीएसमा भिडियो खिच्न सकिन्छ । स्लोमोसनसहितको भिडियो खित्न सकिने फोनमा १३ मेगापिक्सेलको अगाडिको क्यामेरा छ । फोनको पावर बटनमा फिंगरप्रिन्ट रिडर छ । गाढा निलो, खैरो र हल्का निलो तीन रंगमा उपलब्ध सामसङ ग्यालेक्सी एम३५ फाइभजीको ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको फोनको मूल्य ४४ हजार ९९९ रुपैयाँ छ । यो फोन इन्स्टा फाइनान्स सेवामार्फत पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *