सिटिजन्स बैंकद्वारा कैलालीका विद्यालयलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मोहन्याल, कैलालीमा अवस्थित श्री भृकुटी माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयलाई हाल आवश्यक रहेको भौतिक पूर्वाधारका सामाग्री डेस्क, बेन्च र राउन्ड टेबल उपलब्ध गराएको छ । विगत ५५ वर्षदेखि सञ्चालनमा रहेका र करिब एक हजार गरीब, जेहनदार विद्यार्थीहरू अध्ययनरत ती विद्यालयमा भौतिक पूर्वाधारको कमी रहेको हुँदा बैंकले उक्त सामग्री प्रदान गरको हो ।

बैंकको यो कार्यबाट ती विद्यालयका विद्यार्थीहरूको पठनपाठनमा केही सहजता हुने र उनीहरूले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *