एसएसपीमा बढुवा भएका चारसहित १० प्रहरी अधिकारीले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले बढुवा भएका १० प्रहरी अधिकारीलाई दर्ज्यानी चिह्न लगाइदिएका छन् । चारजना प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुईजना प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका थिए । अन्य भने प्राविधिक समूहतर्फका अधिकारी छन् । एसएसपीमा बढुवा हुनेमा श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरूङ छन् ।

उनीहरू गृहमन्त्रीस्तरको यही जेठ २९ गतेको निर्णयअनुसार बढुवा भएका थिए । अन्यलाई नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको निर्णयबाट जेठ ३० मा बढुवा गरेका हुन् । प्रदीपबहादुर क्षेत्री, नारायण रंजितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरूमा उमेशप्रसाद साह र ई.मुकेश तिवारीको बढुवा भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *