घट्यो शेयर बजार

काठमाडौं । शेयर बजारको कारोबार ओरालो लागेको छ । मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को बिन्दुमा रह्यो।

आज ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको छ। यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ बिन्दुमा रहँदा १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो।

गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ बिन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ थियो।

मंगलबार १३ उपसमूहमा सबै घटेका छन् । वाणिज्य बैंक १.१६ र फाइनान्स उपसमूह १.०४ प्रतिशतले घटेका छन्। १९८ कम्पनीको शेयरमूल्य घट्दा मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखारी साना जलविद्युतका लगानीकर्ता बढी नोक्सानमा छन्। यी दुई कम्पनीको शेयरमा नेगेटिभ सर्किट लागेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *