अस्ट्रेलिया बंगलादेशमाथि २८ रनले विजयी

काठमाडौँ । अस्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित हासिल गरेको छ ।

टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई डक वर्थ लुइस नियम अनुसार २८ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११.२ ओभरमा २ विकेट गुमाएर १०० रन बनाएपछि बर्षाले खेल अवरुद्ध भएको थियो । अवरुद्ध भएपछि खेलको निर्णय डकवर्थ लुइस नियम अनुसार गरिएको थियो । अस्ट्रेलियाका लागि डेभिड वार्नरले अविजित ५३ रन बनाएका थिए भने ट्राभिस हेडले ३१ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउदै १४० रन बनाएको थियो ।

यो जितपछि सुपर आठको समुह एकमा अस्ट्रेलियाले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब अस्ट्रेलियाले आइतबार बिहान अफगानिस्तानसँग खेल्ने छ भने बंगलादेशले शनिबार राती भारतसँग खेल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *