राजदूतको नाम सिफारिस गर्न रास्वपाले बनायो मापदण्ड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको छ ।
रास्वपाको तर्फबाट हुनसक्ने सिफारिसका लागि पार्टीको अन्तराष्ट्रिट सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको हो । सोही मापदण्डका आधारमा रास्वपाले सर्वाजनिक सूचना जारी राजदूृतका लागि आवेदन मागेको छ । आएका आवेदनको अन्तिम सूचीबाट योग्यता क्रमका आधारमा रास्वपा सचिवालयको अनमोदनपछि नियक्तिको सिफारिस गरिनेछ ।
महामन्त्री मुकुल ढकालका अनुसार मापदण्ड पुगेका इच्छुकले राजदूतका लागि अनलाइन फारम भर्न सक्ने छन् । असार ६ मा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबिच राजदूतमा भागबण्डा भएको थियो ।
सरकारले हालै ११ देशमा रहेका राजदूत फिर्ता गरेको थियो । तीमध्ये गत शुक्रबार ८ देशका राजदूत सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो । सत्ता गठबन्धनबीच भएको सहमतिमा रास्वपाले दुई जना राजदूत पाउने भएको छ ।