देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ-लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवंम गृहमन्त्री रवि लामिछानेले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् ।

आज (आइतबार) नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले नेताहरुकोे भाषणमा देश र जनताको चिन्ता भएपनि व्यवहारमा नदेखिएको बताए । उनले देशमा राजनीतिक परिवर्तन भएर, संबिधान बनेर, सबै किसिमका अधिकार प्राप्त भएपछि पनि आम जनताको चाहना अनुसार काम हुन नसकेको बताए  ‘मुलुक अप्ठेरोमा कसले पारेको हो ? गरिब किसानले पारेको हो ?’, लामिछानेले प्रश्न गर्दै भने, ‘आम जनता र नेतृत्वको प्राथमिकता अलग अलग भएकाले लाकतन्त्रमा खतरा भएको हो । नेताहरूले आजसम्म ठुला ठुला युनिभर्सिटी बनेनन् त्यसमा छलफल गरौँ भनेर नेताहरूले आजसम्म सर्वदलीय बैठक बोलाउन नसकेको भन्दै सहमति कस्ता कस्ता कुरामा भएका रहेछन् भनेर बुझ्नुपर्ने बताए ।

उनले जनता र राष्ट्रका साझा मुद्दामा केन्द्रित भएर बहस गर्नुपर्ने भन्दै सबै दल त्यसका लागि तयार हुनुपर्ने बताए ।v

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *