एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको छ। बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ ।
भोलि प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिने तयारी गरेका छन् ।