कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने कांग्रेसले जनाएको छ । बैठक पछिल्लो राजनीतिक घटनाक्रमा केन्द्रित हुने बताइएको छ । कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।

एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । प्रधानमन्त्री प्रचण्डले असार २८ गते सदनमा विश्वासको मत लिने भएका छन् । सदनमा कसरी प्रस्तुत हुनेलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *