डेरी उद्योग संघको अध्यक्षमा पुनः दाहाल

काठमाडौं । डेरी उद्योग संघको सम्पन्न १५ औं वार्षिक साधारण सभाले आगामी कार्यकालको लागि अध्यक्षमा पुनः राजकुमार दाहाललाई निर्वाचित गरेको छ । काठमाण्डौंमा सम्पन्न वार्षिक साधारण सभाले राजधानी डेरी प्राइभेट लिमिटेडका सञ्चालक दाहाललाई पुनः निर्बाचित गरेको हो ।

साधारण सभाले उपाध्यक्ष, महासचिब र कोषाध्यक्षमा क्रमशः सुजल डेरी प्राली पोखराका निरञ्जन श्रेष्ठ, काठमाडौंको आधुनिक डेरी प्रालीका विश्वराज वस्नेत र पञ्चशिल डेरी प्रालीका पुष्पराज वस्नेतलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा सैजु डेरीका जेनन सैंजु, सप्तरीको मिलन डेरी एण्ड फुडका मिलनकुमार सिंह, चितवनको चितवन मिल्कका राजुबाबु श्रेष्ठ, झापाको एनएमसी डेरीका रामचन्द्र उप्रेती, भक्तपुरको कन्ट्री फुडका सन्तोषलाल श्रेष्ठ र काभ्रेका जय श्रीकृष्ण डेरीका सुरज सापकोटालाई चयन गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *