उपसभामुख राना सहितको टोलि चीनको औपचारिक भ्रमणबाट स्वदेश फिर्ता

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना चीनको ७ दिने औपचारिक भ्रमण सम्पन्न गरी आज (सोमबार )स्वदेश फर्कीएकी छन् ।

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स–हिमालयन फोरममा भाग लिएर स्वदेश फर्किएकी हुन् । स्वदेश फर्केपछि उपसभामुख राणाले भ्रमण उपलब्धिमूलक भएको बताइन् । उनले तिब्बतमा पर्यावरण, कला तथा संस्कृतिको संरक्षण र दिगो विकासका लागि भइरहेका प्रयासहरूबाट धेरै कुरा सिक्न जरुरी रहेको बताइन् । भ्रमणका क्रममा उनले असार २० गते उक्त फोरमलाई सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बिचको सम्पर्क विस्तारका लागि ट्रान्स–हिमालयन प्लेटफर्मको महत्त्व रहेको धारणा राखेकी थिइन् । भ्रमणका क्रममा उनले चीनको स्वशासित क्षेत्र तिब्बतको लीजीमा उच्चस्तरीय भेटघाट गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टीका उपसचिव चेन योङ्ची लगायत पदाधिकारीसँग भेटवार्ता गरेकी थिइन् ।

भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्य सुहाङ नेम्बाङ तथा उपसभामुखका स्वकीय सचिव कुमार नेपाली समेत सहभागी रहेका थिए । यसैगरी फोरममा सहभागी हुन चीन गएका राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गाणेशप्रसाद तिमिल्सिना पनि सोमबारै स्वदेश फर्किएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *