गरिमा र अस्मिकको रोमान्स

काठमाडौँ । राजन अधिकारी र अस्मिता अधिकारीको स्वर रहेको ‘आकाशको जून धर्तीमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडीले एकअर्कालाई व्यक्त गरेको भावना प्रस्तुत गरिएको छ । गीतका शब्द, सङ्गीत राजन स्वयमकै हो भने एरेन्ज श्यामश्वेत रसाइलीले गरेका छन् ।

डान्सिङ नम्बरको गीत लोक–आधुनिक शैलीमा तयार भएको छ । भिडियोमा गरिमा शर्मा र अस्मिक लम्सालको अभिनय छ । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाङ्कन, दीपक विष्टले सम्पादन छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *