जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत, प्रधानमन्त्रीलाई स्वास्थ्य र वन मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौँ । जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आ-आफ्नो पदबाट राजिनामा दिएकाले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको सिफारिसमा उनीहरूले सम्हाली आएका उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । स्वास्थ्यमन्त्री प्रदीप यादव, वन मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले राजीनामा दिएपछि प्रधानमन्त्रीले उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *