सीजीको सजिलो वासिङ मेसिन बजारमा

काठमाडौं । मनसुन र झरीलाई लक्षित गर्दै नेपालको सबैभन्दा ठूलो नम्बर १ ब्राण्ड सीजीले छिटो र सहजै कपडा धुने र मेसिनभित्रै सुक्ने प्रविधिको वासिङ मेसिन बजारमा ल्याएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने झन्झट हटाउन सीजीले यस्तो वासिङ मेसिन ल्याएको हो । यो मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगालाई मेसिनभित्रै सफासँग धोएर हिट पम्प ड्राइङ प्रविधिबाट मेसिनभित्रै सुकाउन सकिन्छ ।

जसमा बी ड्राइभ इन्भर्टर मोटरले १४०० आरपी एममा कपडाहरु सजिलै धुनुका साथै मेसिनभित्रै सुकाउन पनि सकिन्छ । फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढंगले धुनका प्रि वास, नाइट वास, एक्स्ट्रा रिन्ज साथै स्पिड वास जस्ता मोडहरु यस मेसिनमा उपलब्ध छन् । सीजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी समेत दिएको छ । यो मेसिन नजिकैको सीजी स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *