ढकाललाई साधारण सदस्यबाट निस्कासित गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरी कारबाहीको तयारी गरेको छ ।

जारी केन्द्रीय समितिको बैठकमा अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेको एक सदस्यले जानकारी दिए । अहिले सोही विषयमा छलफल भइरहेको छ । उनका अनुसार अनुशासन आयोगले पनि उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेपछि केन्द्रीय समितिको बैठकले पनि सोही निर्णय गर्ने तयारी गरेको छ ।

ढकाललाई पार्टीले एक साताको लागि निलम्बन गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *