मोदी र पुटिनबिच भेटवार्ता, रुसी सेनामा रहेका भारतीयलाई फिर्ता गर्न पुटिन सहमत

काठमाडौँ । रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका लागि रुसी सेनामा समावेश भएका भारतीयहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राष्ट्रपति भ्लादमिर पुटिनसँग आग्रह गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार मोदीले सोमबार राष्ट्रपति पुटिनसँग यो मुद्दा उठाएका थिए । मोदीको प्रस्तावलाई पुटिनले स्वीकार गरेको बताइएको छ । गत महिना युद्धमा दुई भारतीयको मृत्यु भएको थियो । यसपछि भारतले रुससँग त्यहाँ सेनामा भर्ती भएका भारतीयहरूलाई फिर्ता पठाउन माग गरेको थियो । सरकारले यो दुई देशबीचको साझेदारीका लागि राम्रो नभएको बताएको थियो ।

 २२औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी सोमबार साँझ मस्को पुगेका हुन् । यहाँ राष्ट्रपति पुटिनले उनका लागि निजी डिनरको आयोजना गरेका थिए । पुटिनले भने, ‘तपाईलाई हार्दिक स्वागत छ । तपाईलाई हेर्न पाउँदा खुसी लाग्यो। हामीबीच भोलि औपचारिक वार्ता हुँदैछ । आज हामी घरको वातावरणमा अनौपचारिक रूपमा उही कुराहरू छलफल गर्न सक्छौं । जवाफमा मोदीले भने, ‘तपाईंले मलाई आफ्नो घरमा बोलाउनु भयो । तपाईंले आज साँझ सँगै कुराकानी गर्ने निर्णय गर्नुभयो । मलाई आफ्नो घरमा निमन्त्रणा दिनुभएकोमा म तपाईंलाई धेरै धेरै कृतज्ञता व्यक्त गर्दछु । 

‘यसअघि सोमबार साँझ मस्कोको भानुकोभो–२ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री मोदीलाई गार्ड अफ अनरले स्वागत गरिएको थियो । आज भारतीय प्रधानमन्त्री मोदीले भारत–रुस वार्षिक सम्मेलनमा भाग लिनेछन् । मोदीले आज मस्कोमा रहेका भारतीय प्रवासीहरूको समूहलाई पनि सम्बोधन गर्ने छन्।

रुस र अस्ट्रियाको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री मोदी सोमबार मस्को पुगेका हुन् । प्रधानमन्त्री मोदी २२ औँ भारत-रुस वार्षिक सम्मेलनमा सहभागी हुनेछन्। रुस पुगेपछि मोदीलाई ‘गार्ड अफ अनर’ पनि दिइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *