आजको बर्षा

बर्षा ठुलो आज पर्यो
लौन प्रभु हेर
तिमिले रक्षा नगरे
दुख हुन्छ धेर ।१

जनता हामी गरिब छौं
सधै भरि आपत
कसले टार्न सक्छ टार
आयो बिपद ।२

गाउँघरमा छाप्रा छुप्रि
बगाउने नै भए
रोई बस्नु छैन बाहेक
नेता कता गए ।३

सधैं हामि त्राहित्राहि
पहाडमा बस्छौं
तराईको डुवानमा
निमुखा भै फस्छौ ।४

सत्य कुरा बोल नेता
हामलाई आपत पर्यो
किन आज कसो गरी
दैबलाठि झर्यो । ५

बिग्रि जाने होकि अब
हाम्रो घरबार
रक्षा गर प्रभु बनी
बिन्ति सरकार।।६

सुख हैन चुनौति छ
दुख सधैं भरी
प्राण जावस भन्न पनि
सकिएन हरी ।७

कस्तो हाम्रो कर्म पर्यो
पहाडको बस्ति
बिश्लेषणले सरकारलाई
भनेका हुन अस्ति ।८

नेतृत्वको मालिकले
कुरा लिनु पर्थ्यो
सेवा भाव जनतालाई
सक्दो दिनु पर्थो ।९

खेतवारी बगाईसक्यो
अन्नपात हुन्न
धैर्य गर्ने ठाउँ छैन
किन मन रुन्न ।।१०

जति बगाई लान्छ बालि
त्यति मन रुन्छ
पहुंच हुन्न गरिबको
हाम्रो को नै हुन्छ ।११

पहाडमा धेरै पानी
तराई डुबान पर्यो
भए भरका मकैबालि
मैदानमा झर्यो ।१२

लौन प्रभु अब तिमिले
रक्षा गरन
तिम्रै सामु बिन्ति पुकार
पर्यौ शरण ।१३

जय जय भोलेनाथ
बिन्ति पुकार
जनधन सखाप भो
माग्छौ गुहार ।।१४

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *