शेख हसिना: प्रजातन्त्रबादी नेत्री कसरी क्रूर शासक बनिन ?
काठमाडौ । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदका विरुद्ध बंगलादेशका आम विद्यार्थीहरूले कडा रुपमा आन्दोलनको जेहादी छेडे । विद्यार्थीहरुको नेतृत्वमा भएको आन्दोलनको एउटा प्रमुख माग सरकारी जागीरमा छुट्याएको आरक्षण कोटाका विरुद्ध थियो । सन २०७१ मा भएको बंगलादेशलाई स्वतन्त्र राष्ट्र बनाउन अथक संघर्ष गर्ने योद्धाहरु जस्लाई स्वतन्त्रता सेनानी पनि भनिन्छ । स्वतन्त्रता सेनानीहरुका सन्ततिका छोरा, नाति हुन्दै सन्तान- दर-सन्तानहरुलाई ३० प्रतिशत आरक्ष कोटा छुट्याउने निर्णय प्रधानमन्त्री हसिनाको सरकारले गरेको थियो । गत जनवरी महिनामा बिपक्षी नेताहरूलाई झुटा मुद्दा लगाएर जेल हालेपछि एकलौटी निर्वाचन गराएर लगातार चौथो पटक तर समग्रमा पाँचौ पटक प्रधानमन्त्री भएपछि हसिना बौलाएको हात्ती जस्तै नै भएको अनुभव बंगलादेशी जनताले गर्न थालेका थिए । पाँचौ पटक प्रधानमन्त्री भएपछि हसिनाले गरेको आरक्षण कोटाका विरुद्ध आम विद्यार्थीको आन्दोलनलाई यति बढी बल प्रयोग गरिन कि छिमेकी देशहरु सहित सारा विश्वमा प्रधानमन्त्री हसिनाको निरंकुशताको बिरोध हुनथाल्यो । विद्यार्थीका विरुद्ध हिंसा घातक बन्दै राष्ट्रव्यापी रूपमा अशान्तिमा परिणत भयो । झण्डै ५०० जना बंगलादेशी विद्यार्थीहरुले ज्यानको आहुती र हजारौं विद्यार्थी घाइते भएपछि अन्तमा केहीशिप नचलेपछि राजीनामा दिई, देश छोडेर भारतमा शरण लिएर बसेकी छन ।
अस्ति सोमबारका दिन राजधानी ढाकामा रहेको प्रधानमन्त्री हसिनाको सरकारी निवासमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेपछि ७६ वर्षीया वृद्धा सोमबार हेलिकप्टरमा भारततर्फ भागेकी थिइन् । शुरुआतमा विद्यार्थी आन्दोलनका रूपमा सिमित भएको सरकार बिरोधि आन्दोलन सर्बोच्च अदालतले ३० प्रतिशत आरक्षण कोटा घटाएर ५ प्रतिशत झारिदिएपछी वातावरण शान्त बन्दै गैइरहेको समयमा प्रधानमन्त्री हसिनाले आन्दोलन गर्ने विद्यार्थीहरुलाई आतंककारी भन्दै गिरफ्तार भएका विद्यार्थी नेताहरू छोड्नुको साटो व्यापक दमन गर्दै हसिना सरकारले रौद्र रुप देखाएर विद्यार्थी माथि अत्यावश्यक बल प्रयोग गरि कत्लेआम गर्न थालेपछि आम जनता सडकमा निस्कन बाध्य भए । यसरी विद्यार्थी आन्दोलन आम जनताको आन्दोलन बन्न पुगेको थियो । बंगलादेशको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्रीको एकछ्त्र राज समाप्त भएको छ । अझ भनौ अप्रत्याशित रूपमा अन्त्य भएको छ । सन २००९ देखि लगातार सत्तामा आसिन हसिना कुल २० वर्ष भन्दा बढी बंगलादेशमा शासन गरेकि थिईन ।
हालैका वर्षहरूमा दक्षिण एसियाली देशहरु मध्ये बंगलादेश अधिक आर्थिक प्रगति गर्ने श्रेय, प्रधानमन्त्री हसिनाले पाएकी थिईन । आफ्नो राजनीतिक करियरमा प्रजातन्त्रबादी नेत्रीको रूपमा पनि चिनिन्थिईन । यद्यपि, हालैका वर्षहरूमा उनी निरंकुश बन्दै गएको र उनको शासन पछिल्लो कालखण्डमा कुनै पनि विरोधलाई मास्ने, मार्ने र टिक्न नदिने नेत्रीको आरोप लगाउन थालिएको थियो । बिरोधि राजनीतिक नेताहरूको गिरफ्तारी, बेपत्ता, हत्या र अन्य दुर्व्यवहार जन्य सबै अपराध उनको शासनमा बढेका थिए । गत जनवरीमा उनले गराएको चुनावमा प्रधानमन्त्रीको रूपमा अभूतपूर्व रुपमा चौथो कार्यकालका लागि चुनाव जितिन । जुन बिरोधि र आलोचकहरूले व्यापक रूपमा आलोचना गरे र मुख्य विपक्षीहरूले त चुनाव नै बहिष्कार गरेका थिए ।
शेख हसिना कसरी सत्तामा आइन् ?
सन् १९४७ मा पूर्वी बंगालको एक मुस्लिम परिवारमा जन्मिएकी हसिनाको रगतमा राजनीति भरपुर रूपमा थियो ।उनका बुबा राष्ट्रवादी नेता शेख मुजिबुर रहमान थिए । मुजिबुर बंगलादेशका “राष्ट्रपिता” पनि मानिन्छन । जसले १९७१ मा पाकिस्तानबाट देशको स्वतन्त्रताको नेतृत्व गरे र आजाद बंगलादेशको पहिलो राष्ट्रपति बने । त्यतिबेला हसिनाले ढाका विश्वविद्यालयमा विद्यार्थी नेताको रूपमा प्रतिष्ठा स्थापित गरिसकेकी थिईन । सन् १९७५ मा सैनिक विद्रोहमा उनका बुबा शेख मुजिबुर रहमानएको र परिवारका अधिकांश सदस्यको हत्या भएको थियो । त्यतिबेला विदेश भ्रमणमा रहेकाले हसिना र उनकी बहिनी मात्र बाँचेका थिए ।
भारतमा निर्वासन जीवन बिताएपछि, हसिना १९८१ मा बंगलादेश फर्किइन् र उनको बुबा अवामी लिगको राजनीतिक दलको नेता बनिन् । उनले जनरल हुसेन मोहम्मद एरशादको सैन्य शासनकालमा प्रजातन्त्रबादीहरुको आन्दोलनमा अन्य राजनीतिक दलहरूसँग हात मिलाइन् । उक्त विद्रोहबाट हसिना चाँडै लोकप्रिय नेत्री बनिन् ।
हसिना पहिलो पटक सन् १९९६ मा सत्तामा निर्वाचित भएर आएकी थिइन् । उनले भारतसँग पानी बाँडफाँड गर्ने सम्झौता र देशको दक्षिण-पूर्वमा आदिवासी विद्रोहीहरूसँग शान्ति सम्झौता गर्न श्रेय समेत कमाएकी थिईन ।
तर तेही समयदेखि उनको र उनको सरकार धेरै भ्रष्ट र भारतको लागि धेरै काम गर्ने गरेको कारण व्यापक आलोचना हुनेगरेको थियो ।
भारतपरस्त भएकै कारण सन् २००१ मा भएको निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियासँग पराजित भाईन र सत्ताच्युत भैइन ।राजनीतिक वंशका उत्तराधिकारीको रूपमा, दुबै महिलाहरूले तीन दशकभन्दा बढी समयसम्म बंगलादेशको राजनीतिमा प्रभुत्व जमाए र उनीहरूलाई “लडाई गर्ने बेगम” भनेर चिनिन्थ्यो। बेगम शब्दले उच्च पदको मुस्लिम महिलालाई बुझाउँछ । तर बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको छवि आजका दिनसम्म उज्यालो छ । फेरि यी दुबै नेत्री जनरल हुसेन मोहम्मद एरशादको सैनिक कु का विरुद्ध एउटै मोर्चामा रहेर काम गरेको सहयोध्दा पनि हुन । तर सत्ताको नशामा हसिनाले सहयोध्दा बेगम खालिदा जियालाई जेलमा सड्याने काम त गरिन गरिन आफ्नै बाबू जो बंगलादेशी जनताका राष्ट्रियपिता थिए, तिनकै छोरी हसिनाको अलोकप्रियता र घमण्डले मरिसकेका बंगलादेशी जनताका राष्ट्रियपिता एकाएक यिनै हसिनाका कारण अहिले आएर खलनायक साबित भए । नत्र किन जनताका राष्ट्रियपिताको सालिक ढल्नुपर्थ्यो ?