आफू मरेर पनि अरु बचाउने ड्राईभर ।।

आफु मरयौ कसरी
अरु बचायौ
आफ्नो आँगन रित्यायौ
अरु नचायौ ।१

बचाउन सकिएन
मनको भोका छन्
तिमिलाई सम्झिएर
सबै रोका छन् ।२

केहि गर्न सकिएन
दुख लाग्या छ
आज सबै होस हवास
मन भाग्या छ ।।३

हामी बचौं के गर्छो
मन मान्दैन
पापिकाल के गर्नु
जान्दै जान्दैन ।४

बाबा आमा रुवायौ
छोरा छोरि टुहुरा
थिए होलान बिचरा
बालबच्चा भुरा।।५

तेत्रो मान्छे बचायौ
आफु सिकिस्थमा
सबको आँसु झर्याथ्यो
तिम्रो अवस्थामा ।६

कति मानिस रोएका
तिमिलाई देखेर
सबले आशु झार्याथे
तिमिलाई छेकेर ।७

मर्नलाईत मरिन्छ
एकदिनको चोला
तिम्रो जस्तो हृदय
अरु कस्को होला ।८

तिम्रो शरीर देखेर
मुटु जल्या छ
आजसम्म एबाबु
मन बल्याछ ।९

हाम्रो मन पोलेनि
सबको मनमा रोकोछौ
बाकि तिम्रो जिवन
स्वर्गै गकोछौे।१०

सरकारले चुनौति
लिन सम्म लिन्छ
फित्तलो छ सेवा
दिनसम्म दिन्छ।११

बाटो राम्रो बनाउ
बर्षा हिउंद हेरेर
पानी बग्छ सलल
पहाड छेडेर ।१२

जति दुख पर्नु पर्यो
अब नहोस्
जनजीवन यात्रामा
शुभ रहोस् ।१३

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *