शेख हसिनाको सरकारलाई अमेरिकाकाले किन सधै असहयोग गर्‍यो ?

काठमाडौ । शेख हसिनाको पछिल्लो निर्वाचनपछिको कार्यकालमा अमेरिका र बंगलादेशबीचको सम्बन्ध यति बिग्रिएको थियो कि वाशिंगटन डीसीले जनवरीमा अवामी लिग सत्तामा फर्केको चुनाव स्वतन्त्र वा निष्पक्ष नभएको बताएर कडा रूपमा असहयोग गर्ने निति लिएको थियो ।

देश छोड्नु अघि शेख हसिनाले दाबी गरेकी थिइन् कि उनको सरकारलाई पतन गर्न अमेरिकी र पश्चिममा देशहरूले अनेक षड्यन्त्र रचेर शेख हसिनालाई काम गर्न गाह्रो पारिरहेका थिए । बंगलादेश र म्यानमारसमेतलाई गासेर नयाँ क्रिश्चियन देश बनाउने अमेरिकी र पश्चिममा देशहरूको षड्यन्त्र भएको आरोप लगाएकी थिइन् । अर्को प्रमुख कुरा अमेरिकालाई यदि मैले बंगलादेशमा एयरबेस बनाउन अनुमति दिएको भए मलाई कुनै समस्या हुने थिएन भनेर गत मे महिनामा नै भनेकी थिईन । विद्यार्थी आन्दोलन शुरु हुनु अगावै नै आफुलाई अमेरिकी र पश्चिममा देशहरूले विभिन्न ईस्युहरुमा अप्ठ्यारो पारिरहेका बिषयमा खुलासा गरेकी थिईन । सामरिक रुपमा अति नै संबेदनसिल बंगलादेशको उक्त टापुमा अमेरिकीहरु सैन्य बेसक्याम्पका लागि प्रयोग गरेर चिनिया गतिविधि नियाल्ने रणनीति थियो र अझैसम्म त्यो रणनीति कायम नै छ ।

शेख हसिनाको राजीनामा र भारत पलायन पछि, अमेरिकाले लामो समयदेखि बंगलादेशमा लोकतान्त्रिक अधिकारको सम्मान गर्न आह्वान गरेको छ र हामी अन्तरिम सरकार गठन लोकतान्त्रिक र समावेशी हुनुपर्छ भन्ने आग्रह गर्दछौं । अमेरिका बंगलादेशका जनतासँगको सम्बन्धलाई निकै महत्व दिएको बताएको छ । यसअघि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले प्रदर्शनकारीमाथि भएको हिंसाको निन्दा गरेका थिए । हामी शान्तिपूर्ण प्रदर्शनकारीहरूका विरुद्ध सरकारबाट भएका कुनै पनि हिंसाको निन्दा गर्छौं । हामीले यो विषयलाई हाम्रो बंगलादेशमा रहेको दूतावास र वाशिंगटनमा रहेका अधिकारीहरूले धेरै नजिकबाट निहालीरहेका छौं । बंगलादेशी विद्यार्थीहरुको प्रदर्शनलाई निगरानी गरिरहेका छौं, मानिसहरूको मृत्यु भएको रिपोर्टहरू व्यापक रुपमा देखेका छौं । शान्तिपूर्ण रूपमा विरोध गर्ने विद्यार्थीहरुको अधिकारलाई सम्मान गर्न बंगलादेश सरकारलाई आह्वान गर्दछौं भनेर शेख हसिनाको सरकारलाई दबाब दिईरहेको थियो ।
निर्वाचनपछि बनेको हसिनाको सरकार अमेरिकीहरुका लागि टाउको दुखाइ बनिसकेको थियो ।

विपक्षीलाई पेलेर एकलौटी रुपमा गरिएको निर्वाचनलाई औपचारिक रूपमा त मान्यता दियो तर भित्रभित्रै हसिनालाई असहयोग गर्ने रणनीति अमेरिकीहरुले लिएका थिए भनेर शेख हसिनाले सत्ता छोडेर भारत पलायन हुनुपरेको घटनाले प्रमाणीत गरिदिएको छ । हसिनाको सरकार ६-७ महिना चल्दानचल्दै सत्ताच्युत हुन पुग्नुलाई बंगलादेशी विद्यार्थीहरुको आन्दोलन मात्रै कारण होइन भनेर प्रमाणित हुनपुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *