गुरुको सेवा


गर्न सकिन गुरुको सेवा
दिनुस ज्ञान मलाई अब ।
के गरि तर्छु पापको भारी
पाउँ पदवि जप्छु म हरि ।

सोचिविचार वुझ्नु छ पहिले
गुरुको आज्ञा लिनु छ मैले ।
तरेर पुण्य कमाउने सोच
जिवन भयो पापको बोझ ।

मानव शरीर हाम्रो जगत
डुल्नु र फिर्नु व्यर्थ फगत ।
गुरुले आज्ञा दिए हुनेथ्यो
गुरुकै सेवा गर्ने मनथ्यो ।।

केहि सकिन जीवन भारी
डुल्छु म भुल्छु वारि र पारी ।
हुँदै भएन मन साम्य थिर
मुर्ख्याई बलमा अल्झियो पिर ।

गुरुकै पथमा लम्किन पाउँ
गुरु विना छैननी ठाउँ ।
कर्म यो रुपि भावना हाम्रो
कहिले दुख कहिले छ राम्रो ।


सोचने वुझने धेय गएर
झुक्छौ हामि निरीह भएर ।
रुन्छौ हाँस्छौ मूर्ख वनेर
गुरुको पथमा लागौ भनेर।


कस्तो जीवन हरे रहेछ
दुईपाउँ टेक्या व्यर्थ भएछ ।
दिन गएसि रात हुनेछ
बिना अर्थ बोझ बनेछ ।


ईच्छा र आशा मिठो फलको
शिक्षा लगाममा गुरु बलको ।
बिना गुरुले शिक्षा पाईन्न
अर्थै हुदैन शिप लाईन्न ।


गुरुकालागि ध्येय दिनुछ
गुरुको आशिष् सधै लिनुछ ।।
तिर्न सकिन्न गुरुको भार
लगाउँ प्रभु हृदय पार ।।
१०
हासि खेलि गुरुको मान
गर्नुछ आदर गुरुमा सम्मान ।।
गुरुका दिलले आशिष दिए
खुसि हुनेछ मनभाव लिए ।

११
पाउँछु फल भन्ने भावना
गुरुचरणमा शुभकामना ।
धेय हुनेछ सबको चाहाना
शिक्षा पहुचँमा शुभकामना ।।।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *