बुहारी सिरियलको अपार सफलतासँगै निर्देशक बोहोराले ‘मुना मदन’ ल्याउँदै
काठमाडौँ । धेरै को मन मुटुमा बस्न सफल सिरियल ‘बुहारी’ सिरियलको टिमले अर्को नयाँ सिरियल ‘मुना मदन’ निर्माण गर्ने भएका छन् ।
श्री कृष्ण जन्माष्टमी को सुभ साइत पार्दै बुहारीका लेखक तथा निर्देशक राम चन्द्र बोहराले ‘मुना मदन’ को पोस्टर सार्वजनिक गरेका हुन् । उनका अनुसार ‘मुना मदन’ को अमर प्रेम कहानी लाई उक्त सिरियलमा देखाइने भएको छ । सामाजिक र पारिवारिक विषयवस्तु उठाउँदै आएका निर्देशक बोहराले मुना मदनमा भने प्रेम कहानीका कुरालाई देखाउने भएका छन् ।
सहनशील, मेहनती र काममा लगाव राख्ने निर्देशक बोहरा नेपाली समाजका कथा र विषयवस्तु नहिचकिचाई साथै खर्चको कुनै प्रवाह नगरीकन प्रस्तुत गर्ने गर्दछन् । निर्देशक बोहराले ‘बुहारी’ सिरियल झैँ मुना मदनले पनि उतिकै सफलता पाउने आशा गरेका छन् ।
हाल कलाकाहरु सार्वजनिक गरिएको देखिएको छैन । तर पनि बुहारी सिरियलकै कलाकार साथै नयाँ अनुहार देखिन सक्ने सम्भावना रहेको छ ।
