अगस्त्य (अगस्ति) ऋषि र सांस्कृतिक सम्बन्धको परिचर्चा (सन्दर्भ: भाद्र २१ गते अगस्त्योदयको पावन दिन)
अगस्ति नाम अगस्त्यकै तदभव रुपमा लिइन्छ तेही भएर अगस्ति वा अगस्त्य एउटै नाम हो ।यस नामले एक जना प्राचीन ऋषि एवं एउटा चम्किलो ताराको परिचय दिन्छ । चमत्कारिक ऋषिको रुपमा अगस्त्य प्रसिद्ध छन् । ऋषि शब्द आफैमा उच्चतम विचार व्यवहार तथा आदर्शका पुञ्ज सिद्ध पुरुषका रुपमा रहेका व्यक्तिको सम्बोधनका रुपमा रहन्छ, पौराणिक कथनहरुमा अगस्त्य ऋषि लाई मुनि भनेको पनि पाइन्छ । ऋषि वा मुनि व्रह्मज्ञानी, सिद्ध पुरुषका लागि प्रयोग हुने सम्मान सुचक पदवि पनि हो । विभिन्न बैदिक एवं पौराणिक कथन र मिथकहरुका आधारमा अगस्ति ऋषि बहुआयामिक प्रतिभाशाली र शक्तिशाली पात्रका रुपमा देखिन्छन । इसा पुर्व ३००० वर्ष समय कालमा रहेकोे मानिएका यी मुनि मित्राबरुण र उर्वसीका छोरा हुन । मित्रावरुणले उर्वसी प्रति सम्मोहित हँदा स्खलित विर्य कुम्भमा परि जन्मेकाले कुम्मयोनी या घटयोनी भनेर पनि भनिन्छ ।
‘‘ उक्तो अगस्तिरगस्त्यो लोपामुद्रा पतिश्च घटयोनी ’’ भनेर यिनलाई चिनिन्छ । यी वाहेक पनि लोपामुद्राका पति, मैत्राबरुणी, याम्य, सिन्घुपीव, कुमभ संभव, कुटज, पीतााव्घि, नामका अतिरिक्त लोकवोलीमा खन्चुवा ऋषिका नामले पनि यिनलाई चिनिन्छ ।
लौकिक रुपमा अगास्ति एउटा वृक्ष (जसलाई वक वृक्ष पनि नाम रहेको) पाइन्छ । अयोध्याका राजा दशरथका गुरुका रुपमा पनि अगस्तिलाई मानिन्छ भने, भारतमा नवौ तथा १२ औ सताव्दि देखिनै यिनका मुर्ति तथा मन्दिरहरु बनाइ देवरुपमा मान्ने प्रचलन छ भने जावा सुमात्रा, इण्डोनेसियामा समेत अगस्त्य ऋषिलाई मान्ने गरिन्छ । त्यसै गरि भारतको उत्तराखण्डमा यिनले तपस्या गरेको ठाउँका रुपमा ‘अगस्त्यमुनि’ भनेर ठाउँकै नामकरण पनि भए गरेको पाइन्छ । केही खोजकर्ताहरुका अनुसार दक्षिण भारतमा नागपुर, केरल, प्रवरानदी, महाराष्ट्र, तिरुपति, तमिलनाडुमा यिनको आश्रम रहेका थिए र अहिलेपनी अस्तित्वमा छन ।
खगोलिय महत्वको ताराका रुपमा अगास्ति ऋषि
अगास्तिलाई पाश्चात्य खगोल विदहरुले केनोपस नामकारण भए पनि पूर्विय भारत बर्षका विद्धानहरुले उत्तर दिशामा धुर्वतारा जस्तै दक्षिण दिशामा अगस्ति ऋषिलाई दिशा सुचक ताराका रुपमा मानिन्छ । फारसीमा सोहेल नामाकृत अगस्ति तारा कराइना तारामण्डलको सर्वाघिक चम्किलो तारा हो । कराइना तारामण्डलको एक श्रेणीमा रहेको यो तारा ३१० प्रकाश बर्ष दुरिमा सेतो वा पहेलो सेतो चम्किलो पन वा सापेक्ष कान्तिमान ०.७२ म्याग्नट्यिुड र भित्री वा निरपेक्ष कान्तिमान – ५.५३ मानिन्छ ।
यसलाई दानव तारा पनि भनिन्छ । दव्यमान सूर्यको भन्दा ८.५ गुणा र सौर व्यास भन्दा ६५ गुणा बढी, तापमान ७३५० क्यालभिन, प्रकाश सुर्य भन्दा १३६०० गुणा वढी रहेको मानिन्छ । लुव्धक तारा पछिको सवै भन्दा वढी प्रकाशित यो तारा भारतबर्षमा कन्याकुमारी देखि मानसरोवरसम्मवाट दक्षिणमा देख्न सकिन्छ । खगोलिय पिण्डहरुको एक अर्कामा प्रभाव रहने भयेकै कारण लोक जीवनसंग पनि अगास्ति ताराको सम्बन्ध रहन्छ । अगस्ति ऋषिकै नामवाट ताराको नामाकरण गरिएको समयवधि पनि इसापुर्व नै भएको मानिन्छ । अगस्तिको खगोलिय ताराहरुको अध्ययनको क्रर्मक्षेत्र आधिकांश दक्षिण भारत भएको र यो तारा पनि दक्षिणतिर नै उदाउने भएकाले प्राचिन विद्धानहरुले गरेको नामाकरण सान्दर्भिक देखिन्छ ।
पौराणिक प्रसङ्गहरु:
अगस्ति सप्त ऋषिहरु संगैका गोत्र प्रवर्तक ऋषि मानिन्छन । वैदिक ऋषिका रुपमा यिनलाई वशिष्ट ऋषिका भाइ पनि भनिन्छ, केही विद्धानहरुको मत अनुसार इशापुर्व ३००० मा भारतको कासिमा श्रावण शुक्ल पञ्चमीमा जन्मेका हुन भनेर मानिएको छ । पौराणिक कथनहरु अनुसार पुलत्स्य ऋषिका पुत्र विश्रवा यिनका भाइ हुन ।विश्रवाका पुत्र रावण हुन । विदर्भ देशकि राजकुमारी लोपामुद्रा ऋषिकि पत्नी थिइन । कसैले पाण्ड्य राजाकि छोरी कृष्णेक्षणा नै लोपामुद्रा हुन भनेर भनिन्छ ।
‘‘सत्रे हि जाता विषिता: नभोमि कुममे रेत: सिषि चतु समानमा
ततोह मान उदियाय मध्यात ततो ज्ञात मृषिमाहुर्वसिष्टम्’’
बैदिक मन्दप्रष्टा ऋषिका रुपमा ऋग्वेदको प्रथम मण्डलका १६५–१९१ सम्मका शुक्त यी ऋषि प्रणित र नवम मण्डल २५– २६ शुक्त यिनकै छोरा दृढच्युत र इध्मवाहका हुन । गोत्र प्रवर्तक ऋषिका रुपमा अगस्ति गोत्र रहेको छ । यस गोत्रका प्रवर ऋषि अगस्त्य दृढच्युत र इध्मवाह त्रिप्रवर मानिन्छन । अगस्त्य जैमिनि र दधिचि पनि यसै गोत्रका प्रवर ऋषि हुन् ।
लोक मान्यता र अगस्त्य मुनि:
विभिन्न समुदायमा अगस्त्य बारेका आ–आफ्ना मान्यताहरु रहेका छन । खगोलिय पिण्डहरुको समेत एक अर्कामा प्रभाव हुने भएकाले लोक जीवन सित सम्बन्ध जोडिएको पाइन्छ ।
अगस्ति उदयकालले बर्षा समाप्ति र सरद आगमनको संकेत गर्दछ भने अस्तले बर्षा आउने र वसन्त समापनको संकेत गर्दछ । यसै प्रसङ्गमा तुलसिदास लेख्छन् । उदित अगस्ति पन्थ जल शोसा
जिमि लोभइ सोसइ सन्तोसा ।
पौराणिक मान्यताहरु अनुसार हिन्दु समुदायमा अगास्तिको उदय कालमा पूजा अर्चना तथा अर्ध दिने परम्परा रहेको छ भने अगस्त्य उदय अस्तका आधारमा विभिन्न चाडपर्व निर्धारण गरिन्छन् । खास गरि दुर्वाष्टमी ब्रत अगस्त्योदय पछि नगर्ने शास्त्रीय मान्यता रहेको पाइन्छ ।
अगस्ति तारालाई ऋषिको प्रतीकका रुपमा मानिन्छ । संकट निवारण तथा पारिवारिक सुख समृद्धि एवं संसारको कल्याणका लागि ‘‘अगस्त्य’’ मान्ने परम्परा रहेको छ । दक्षिण भारतमा सिद्ध वैद्यम् चिकित्सा पद्धति तथा वर्मक्कलै युद्ध कलाका प्रणेताका रुपमा यिनलाई मानिन्छ भने वैज्ञानिक ऋषिका रुपमा विद्युतका आविष्कारक ऋषि हुन भनेर मानिन्छ । त्यसै गरि विमान विद्याका सुत्रधार पनि यिनलाइ मानिन्छ ।
विभिन्न धार्मिक ग्रन्थहरुमा अगस्ति: ऋषिबारे वर्णन रहेको पाइन्छ भने अगस्ति ऋषिले नै अगस्ति संहिता रचना गरेको मानिन्छ । अगास्ति वेदद्रष्टा ऋषि मात्रै नभएर बैज्ञानिक तथा भारतीय मार्सल आर्टका प्रणेता समेत हुन भनेर मानिन्छ । अगास्ति संहिताले विद्युत उत्पादन लगायतका कुराहरु वर्णन गरेको पाइन्छ भने निसस्त्रा युद्धकला कालारिपटयु वर्मक्कलैका प्रणेता अगस्त्य ऋषि हुन ।
रिषि अगास्तिकी सापभवानी वन्दि राम पद बारहि बारा
राक्षस भयउ रहा मुनि ग्यानी मुनि निज आश्रम कहुँ पगुधारा
मुनि अगस्ति कर सिष्य सुजान
नाम सुतिक्षन रति भगवान – रामायण
रामायणमा अगस्तिका शिष्य सुतिक्ष्ण तथा रामले अगस्ति आश्रममा गएको आनन्द हृदय स्तोत्रसंगै कहिल्यै वाण नसकिने तरकस प्राप्त गरेको प्रसंङ्ग आउछ । त्यसै गरि विभिन्न पुराणहरुमा अगस्त्य ऋषिले नै आकासिदै गरेको विन्ध्यचल पर्वतलाई झुकाएर राखेर सृष्टी चक्रर संसार जोगाएको प्रसँग आउदछ भने कालकेय राक्षस मार्नका लागि अगस्त्यले समुद्रको पानी पिइ दिएको र पछि भागिरथीगंगाबाट भरण भएको प्रसङ्ग पनि अगस्त्य ऋषि संग जोडिन्छ ।
भ्रुभेद भात्रेण पदान्मधोन तस्या विलाम्भ परिसुद्धि हेतौ
प्रभ्रंसया यो नहुसं चकार भौमो मुने: स्थान परिग्रहोयम – रघुवंश
कालिदास लेख्छन जुन मुनिले टेढो आँखाले हेर्दा मात्रै नहुस इन्द्रको आसनबाट गिरे । तिनकै उदय पछि मटभैलो जल स्वच्छ हुन्छ ।
उगि हरनी फूले काँस, अबका वोये निगोडे मास
उए अगास्ति हास्ति घन गाजा तुरै पलानि चढेस राजा
– जायसी
भविष्य पुराण उत्तर पर्वमा (११८\६९–७२) उनको वर्णन यसरी गरिएको छ ।
काशपुष्प प्रतिकाशं अग्नि मारुत संभवम् विन्थ्य वृद्धि क्षय कर मेघ तोय विसापह
मित्रा वरुणयो पुत्र कुम्भयोनि नमोस्तुते,, रत्न बल्लम देवर्षे लंका वास नमोस्तुते,,
वातापि भक्षितो येन समुद्र शोसिता पुरा येनो दितेन पापानि प्रलयं यान्ति व्याधय:
लोपामुद्रा पति श्रीमान यो क सौ तस्मै नमो नम: तस्मै नमो क स्त्वगस्त्याय सशिष्या सुपुत्रिणे ।
अगस्त्योदय र गौरापर्वको सन्दर्भ:
अमुक्ताभरण सप्तमी तथा दुर्वाष्टमी पर्व भाद्र शुक्ल पक्षमा पर्दछ । यो पर्व अगस्त्योदय हुनु अघि नै मनाउनु पर्दछ भन्ने शास्त्रिय वचन रहेका छन् भविष्य पुराणमा वर्णित यस पर्व सम्बन्धमा यस प्रकार उल्लेख पाइन्छ:
१. शुक्लाष्टमी तिथिर्यातु मासि भाद्रपदे भवेत
दुर्वाष्टमी तु सा ज्ञेया चोत्तरा सा विधियते ।।
२. अगस्ते उदिते तात पूजयेत मृतोद् भवम् ।
३. अधिमासे तु सम्प्राप्तौ नभस्य उदये मुने,
अर्वाक दुर्वा व्रतम् कार्य परतो नैव कुत्रचित्र,
४. भाद्र शुक्ला वसौ यदिम् मुनेरुदय भविनि,
तर्हि कृष्णाष्टमी मेव ग्राह्यम् दुर्वाभि पुजने,
त्यसै गरि धर्म सिन्धुको मत अनुसार:
‘‘भाद्र शुक्लाष्टमी दुर्वाष्टमी, सा पूर्व गा्रहया,
इयं ज्येष्टामूलक्र्षयुता त्याज्या,
अलाभे तद्युक्तापि ग्राहया, इदम् दुर्वा पुजन व्रतम्
कन्या क र्के अगस्त्योदये च वज्र्यम्, इदं स्त्रीणां नित्यम्’’
यस्तै कुरा निर्णय सिन्घुले पनि गरेको छ । हेमाद्री, मदनरत्न तथा स्कन्द पुराणले पनि यहि मत जाहेर गरेका छन ।
अगस्त्योदय काल सम्वन्धि मत:
अगस्ति ताराको उदय फरक फरक ठाउँमा फरक फरक समयमा हुने गर्दछ । दक्षिणबाट क्रमश: उत्तरतिर उदय हुदै जाने यस ताराको उदय काल सम्बन्धमा पौराणिक तथा गणितिय मान्यता रहि आएका छन् । अत: देश या स्थान अनुसार मान्ने कुरालाई शास्त्रहरु ले उल्लेख गरेको छन् ।
‘‘देशाचारस्तावदादौ विचिन्त्यो देशे देशे या स्थिति सैव कार्या’’
अगस्त्यउदयकाल निर्धारण सम्बन्धमा निम्न मान्यतारहि आएका छन ।
१– निर्णय सिन्धुः
हेमाद्रीमा भविष्य पुराणको कथन अनुसार’’ कन्यायामागते सुर्ये अर्वाग्वै सप्तमे दिने, कन्यायां समनु प्राप्ते अर्थकालो निवर्तते, तेन उदयोत्तरम् सप्तम दिने इत्यर्थ ।
पद्मपुराण अनुसार:– ‘‘आसप्तराग्या उदयाद्यमस्य दातत्य मेतत् सकलम नरेण यावत्समा सप्त दशाथवा स्युरथोध्र्वमप्यत्र वदन्ति केचित्’’
दिवोदासीय ग्रन्थ अनुसार:– ‘‘उदेति याम्या हरि संक्रमाद्रवेरेकाधिके विश्तिमे अगस्त्य, स सप्तमेस्त वृष संक्रमाच्च प्रयाती गर्गदिर्मि रप्यपाणि।’’
यी कथनहरु अनुसार भाद्र २१ मा अगस्त्योदय हुन्छ र जेठ ७ गतेमा अस्ताउछन, वृ्रहत्संहिताले पनि यहि मत मानेको छ ।
२– धर्म सिन्धु:
सुर्य बृष राशिमा गयेको सातौ दिनमा अगस्त अस्ताउछन र सुर्य सिंह राशिमा रहेको २१ औ दिनमा अगस्त्योदय हुन्छ । कन्या संक्रान्ति भन्दा ७ दिन अगाडीका सात दिन मा अगस्त्य पुजा तथा अर्ध दान गर्नु पर्दछ । यी मातहरु अनुसार पौराणिक अगस्त्योदय भाद्र २१ मा हुन्छ भनेर मानिन्छ ।
३– गणितिय विधि:
ज्योनिष गणितका विधिअनुसार पलभा वा अक्षांश देशान्तरका आधारमा अगास्ति ताराको उदय काल पत्ता लगाइन्छ । ग्रहलाधवको गणितिय अगस्त्योदय खण्ड अनुसार –
अगस्त्योदय ९८ं (पलमा × ८)
अगस्त्योस्त ७८–(पलमा × ८)
सुत्र प्रयोग गरिन्छ त्यसै गरि भास्वतिका अनुसार
९०० +पलमा ‘‘पलभाष्टावधोन संयुता गजशैल वसु खेचरा लवा इह तावति भाष्करे क्रमाद धटजोस्तां उदयं च गच्छते ।’’
गणितिय हिसाबले अगस्त्योदय निकाल्न पलभा प्रयोग हुन्छ पलभा अक्षाँश पछि स्थान अनुसार फरक हुन्छन, काशीको पलमा ५\४५ डोटी अजमेरु ६\४०मानिन्छ । उपरोक्त प्रथम सूत्र अनुसार सूर्य स्पष्ट ५\१\३० मा उदय र ०\२४\४० अस्त दोश्रो सुत्र अनुसार ४\२८\२४ मा उदय हुन्छ तापनी पञ्चाङग कारहरुले भाद्र २३ लाई स्थानिय अगस्त्योदय भनेका छन ।
४– अन्य मत
‘‘पञ्चमे उदयेलंका पञ्चमे हस्तिनापुरम्
पंच पंच पुन: पंच अगास्ति सर्वत्र दृश्यते’’
यस मत अनुसार भाद्र ५ मा लंकामा अगास्ति उदय हुन्छ र भाद्र २५ मा सबै ठाउँ (भारतवर्स भरि) अगास्ति उदय भै सक्छ । यस अनुसार मान सरोवर क्षेत्र पुग्दा सम्म २५ गते भित्र नै उदय भै सक्छ पुराना केही ज्योतिसहरुका अनुसार डोटी क्षेत्रमा २१ गते र उत्तरी सीमा मा २३ गते उदय हुने मान्यता थियो निर्णय तथा धर्म सिन्धुले पनि यहि मत अंगिकार गरेको छ ।
५ – वेघशालाको मत:–
हाल आएर केही विद्धान हरुले आधुनिक वेघशालाको आधारमा भदौ १५-१६ गते मै अगस्त्य उदय हुने कुरा गरेका छन । ३१डिग्रि अक्षाशं भन्दा कम भएको स्थानमा २ सितम्बर अधिनै उदय हुने वताउछन् ।
र अन्तमा
पहिले मतभेदनभए पनि निर्णय सिन्धु गणित ग्रन्थ नभएको र यसमा अगस्त्योदय साधन विधि नभएको तथा कुन ठाउँमा २१ उदय गते हुन्छ भन्ने यकिन नभएको तर्क अघि सारेको पाइन्छ तापनि डोटी तथा कुमाउँ क्षेत्रका पञ्चाङ्गकारहरुले यस अघि सयौ बर्ष देखि अगस्त्योदय २१ लाई मान्दै आएका थिए भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले १९ गते मान्दै आएकोमा वृहत्संहिताको आधारमा २१ गते नै मान्ने निर्णय गरेको छ । निर्णय ग्रन्थहरु मुलत: भाद्र २१ गतेको अगस्त्योदय समान रुपमा मान्दै आएको परम्परा स्थापित भएको पाइन्छ । ती ग्रन्थ गणितग्रन्थ होइन भनेर नमान्ने हो भने त सबै परम्परा भंग हुने स्थिति आउन सक्दछ । गौरा पर्व भाद्र शुक्ल अष्टमीकै पर्व हो । अपवाद को (अगस्त्योदय, मूल ज्येष्टा) अवस्थामा भाद्र शुक्लका पर्व अघि सर्छन । वेघशालाकै तर्क मान्ने हो भने पछि त गौरा पर्व भदौ १५ अघि नै मनाउनु पर्ने अवस्था आउछ, त्यो रक्षावन्धन पूर्व पनि मनाइदैन यस अर्थमा यो पर्व भाद्र किष्ण पक्षमै मनाउनु पर्ने स्थिति सिर्जना हुन सक्दछ ।
गौरा पर्व मान्ने विवाहिता महिलाहरुले नयाँ ब्रत लिनु पर्दा उजाली गौरा उपयुक्त मानिन्छ, अनारी गौरामा पहिलो व्रत नलिने मान्यता छ । यसकारण पनि अगस्त्योदय शास्त्रनुसार मान्नु पर्ने देखिन्छ । साथै अगस्त्य अर्ध दिनका लागि पनि भदौ महिनाका अन्तिम ७ दिन उपयुक्त मानिएका छन त्यसमा पनि पितृ पक्ष सुरु हुनु पुर्व नै गर्नु उचित ठहर्छ ।
स्थान भेद वा अक्षांश÷ पलमाको अन्तरले अगन्ति उदयकाल फरक फरक हुने भए तापनी पौराणिक मतले हिमालय नजिकका क्षेत्रमा एकरुपता हुने गरि शास्त्रीय मतानुसार भाद्र २१ को उदयकाललाई सर्व सम्मत मानेको देखिन्छ, आधुनिक खगोल विज्ञानका खोजहरु र शास्त्रीय मतहरुमा फरक पर्न सम्दछ तापनि शास्त्र अनुसार मान्दै आएका परम्परा एवं पर्वहरुका सन्दर्भमा शास्त्रीय मत नै मान्नु उपयुक्त होला ।