साहित्यबारे विचारहरुका जमघट


“उत्साह सबैको मरेर छरपष्ट हुनु भन्दा पहिले,कहिँ हुने होकी उथलपुथल सम्भाल्नु भन्दा पहिले । …सम्भाल्न सक्छौ भने परिस्थितिलाई सँभाली हाल,गडबड हुन नजाउन कुराहरु सम्भाल्नु भन्दा पहिले..”(सावित्री राना,साहित्य लेखिका । गजल । सामाजिक सञ्जालको भित्ताबाट । १४ अप्रिल,ई.सं.२०२४। भारत)
पूर्वाञ्चल क्षेत्र कोशी प्रदेशको धरानमा वि.सं.२०८१ आषाढ २२ गते दार्जलिङ्ग देखिका साहित्यकार आउनुभएका भनिएको एक भेलामा झापाका साहित्यकार बिच त्यहाँका साहित्यकार पुण्य बराललाई खोजेँ,फेला पार्न सकिएन,काकरभिट्टा जानु भएको रहेछ,विराटनगरबाट आउने वाला थिए तर भेट्न पाईएन । धरानका तुलसी खतिवडा,टङ्क न्यौपानेसँग भेट भयो ।

दिउँसो ३ बजेतिर जनपदतर्फका डिआईजी पनि आउनु भयो । म गृहमा हुँदा नै उहासँग परिचय थियो । त्यहीवेला मेरो अर्पझट कामले जानै पर्ने स्थिति सिर्जना भएपछि कार्यक्रम छोड्नु प¥यो । पछि यश कार्यक्रमको सम्झनामा ‘मध्यमवर्ग’ शीर्षकमा देहाएको गन्थन कोरेँ–
मध्यमवर्ग हो आफैँ तीन चार दिनमा नुहाउँछ
अत्तर छर्कन्छ,बोल्दा आधुनिक हाउभाउको शैली बनाउँछ
लुगा हेर्नुस त थरिथरिका,खाँदा पनि ओठ खोल्नु हुन्न रे त्यो वर्गले भनेको
खाँदा त ओठ नखोल्नेले,देश तथा जनताको लागि
परेको वेला मुख च्याति च्याति,के आवाज उठाउँथ्यो,उशबाटै बुझियो ।
अरुको शरीर गन्हाएमा मुख विर्गाछ नजानिदो तरिकाले
उशका हिजोका मजदुर किशान ज्वाई भाई अहिले
चिल्ला गाडीमा मजदुर किशान तल्लो वर्गको
हितगर्ने भनेर खोलले ओढेको दलका नेता छन् ।
बाहिर उ जुन तल्लो वर्गको नाम लिन्छ
अचेल भित्रै देखि त्यो वर्ग साँच्चै उशलाई मन पर्दैन ।
‘उ’ बाट अहिले छ्याप छ्याप्ती ‘उनीहरु’ भएकाछन्
लिक्वानयू हुनेछौँ पो भन्छन–‘ राजनीतिक स्वतन्त्रता भन्दा
गाँस बास कपासको व्यवस्था धेरै माथील्लो स्तरको हुन्छ ’
भन्ने लिक्वानयूको कुरा गरे कुरा अन्तै मोड्छन ।
यो त्यही वर्ग हो,जसले देशको धर्म–संस्कार,परम्परा,सम्प्रदाय,राजनीति,सासन शैली
फोहर पारेर–विगारेर आफु सुग्घरी र निर्माणकर्ता भएको स्वाङ्ग गर्छन ।
‘आशाबादी हुनु नै गरिवको लागि गाँस–रोटी उपलब्ध भए सरह हो ।
ठूलो कुर्शीमा बस्दैमा कोही राजा बन्दैन’(थोमस् जेफरसन,तेश्रो अमेरिकी राष्ट्रपति)
भन्ने राम्रोसँग बुझेका छन् र पनि राजा औ कुलिन हाऊभाऊ देखाउछन् ।
साहित्यकारको जिम्मेबारी के हो ? जनता किन विद्रोह गर्छन ? विचारमा पतन भएपनि कुनैपनि क्षेत्र विकृति विहिन हुन सक्दैन । भारतीय साहित्यकार महास्वेता देविका उपन्यास ‘अकलान्त कौरव’(ई.सं.१९६९),‘अग्निगर्भ,(ई.सं.१९७९), नेपालका साहित्यकारहरु डीपी अधिकारीका ‘धरती अझै बोल्दैछ’(वि.सं.२०२७),‘आशमाया’)वि.सं.२०२५) तथा हृदयचन्द्रसिंह प्रधानको ‘ हृदयचन्द्रका केही कथाहरु’(वि.सं.२०२८) अनि साहित्यकार केदार पोखरेल जफेलीका ७ पुस्तकमध्ये पछिल्ला कविता संग्रह ‘मान्छे मर्ने तलाउ’(वि.सं.२०८०) को कविता शहीद को ‘पुर्खाको नाम मासेर विदेशीसँग मिल्दछन्’(पृष्ठ १३८) र भन्ने एक बाक्य र ‘बाटो भत्किएपछि’(वि.सं.२०७६) कविता सिस्टम नखोज न है ! को ‘ भर्खरै मन्त्री भएको छु,सेटिङ्ग मिलाउँदैछु,स्वदेशी र विदेशी पाहुनालाई चिन्न थालेको छु,अहिले सिस्टम नखोज न है’(पृष्ठ १२१–१२२),‘ आफ्नो देश रुँदै छ दुष्ट रिपुको आदेशमा चल्दछौ,छौ उच्चासनमा नमात यसरी मात्यौ भने ढल्दछौ’(मात्यौ भने ढल्दछौ,पृष्ठ ५७) भन्ने अंशहरु पढँेपछि आफु साहित्यकार नभएपनि साहित्यमा रुची राख्ने साहित्यको सचेत पाठक सम्म भएकाले उहाँहरु सवैले देश जनताप्रति आआफ्नो जिम्मेवारी निभाउनु भएको महसुस भयो । साहित्यलाई जागृतिको माध्यम ठान्नु हुने कविशिरोमणी लेखनाथ सहित त्यो सयमा पाँच दश मात्र धनी हुने ‘विधिको पनि आयु पुग्यो’ भनेर महानन्द सापकोटा,जाग जाग भन्दै धरणीधरले उहीले नै शङ्खनाध गरि सक्नु भएको थियो । भारतमा पाम तेल ५२ प्रतिशत आयात हुन्छ,सायद मेशीनरी वा अरु यान्त्रिक उपकरणहरुको लागि होला की भन्ने अनुमान गर्न त सकिन्छ । तर,जव अमूल जस्तो प्रसिद्ध उधोगको घीऊमा पाम तेल फेला परेको समाचार पढिन्छ भने त्यत्रो पाम आयल के के मा खपत हुन्छ–नेपालमा कति भित्रिन्छ होला सहित्यले यशबारे र अरु थुप्रै देश तथा जनता सम्वद्ध विषयमा केही बोल्नु पर्छ सामाजिक जागृतिको लागि पनि । ई.सं. १९६७ को जुन ६ को भारतीय दैनिक द स्टटे्सम्यान मा –“अल मोस्ट ए स्टेट अफ क्रुअल स्लेव्री” भनेर पश्चिम बङ्गालको नक्सलबाडी अञ्चल,दार्जलिङ्ग जिल्ला अन्तर्गतको अधिकांश भागमा बस्ने भूमिहिन,सर्वहारा जनतामाथी मजदुरी,चक्रवृद्धि व्याज आदि माध्यमबाट व्यापक शोषण भएको सन्दर्भमा लेखिएको थियो । पहिले देखी नै विद्रोहको घटना भएपनि ई.सं.१९५६ मा किशान आन्दोलनले उग्र रुप लियो समाजमा परिवर्तन गर्दै–जसलाई इतिहाश मै उल्लेखनीय र अनुप्राणित हुन योग्य घटनाको रुपमा नक्सलबाडी–बादी आन्दोलन भनेर जानिन्छ र आन्दोलनमा सहभागी सम्पूर्ण जनतालाई नक्सलाइट भनेर सरकार तथा सञ्चार माध्यमले चिनारी दिएका थिए भन्नु हुँदै भारतीय साहित्यकार महाश्वेता देवीले – “नक्शलवादी आन्दोलनको घटनाहरुबाट चरम वामपन्थी पतन,कितावी र धेरै जोह भएका य्ुवाहरुको फ्रस्टेशन,अरु शक्तिहरुको तथा कृपामा फस्टाएका संस्थाहरुको क्रियाकलाप,जे जे भनेपनि केही त भन्न बाँकी नै हुन्छ नै । जुन जुन कारणहरुले नक्शलवादी आन्दोलनको उत्पन्न हुन गयो ती अक्षुण्य तथा अप्रतिवन्धित छन् । यस विचारको अनुयायीले नै अहिंशक भारतमा पहिलोपल्ट हिंसाको राजनीति शुरु गरे जुन जुन कारणले आन्दोलन भड्कीयो ती कारणहरु अहिलेपनि विधमान छन् । पछि अनुसन्धान गर्नेले जम्मा गरेका छन् । आन्दोलनको स्वरुप र प्रवृतिलाई लिएर जति अस्तव्यस्त भयो त्यसलाई दवाउन त्यति नै दक्षताको अवलम्बन गरियो । अवश्य नै कुनै पनि आन्दोलनको शायद साधन–मार्ग र परिणाम सही नहोला,एकमात्र इतिहास नै त्यसको मूल्यको निर्णायक हुन्छ । र वर्तमान युद्धरत मानिस यसकारण सबै देशहरुमा आफुले बनाएको सवै मार्ग भत्काएर नयाँ बाटो निर्माण गर्ने सपना देख्छन र प्रतिज्ञा गर्छन । इतिहासको द्वन्दपूर्ण बाटोमा यही कारणले निरन्तर गन्तव्य स्थानको सत्य नै सत्यको नामले चित्रण हुने गरेको छ । स्वतन्त्रतापछि यश देशमा जुन आर्थिक प्रगति भयो,त्यसको फल कुनै मध्यमवर्गीय–मजदूर–खेत मजदूरलाई प्राप्त भएन । एक आत्मतुष्ट,असभ्य,नयाँ धनि बर्ग उत्पन्न भएको छ । रोम जली सकेपछि रोमको निरोलाई पनि भ्वाईलिन बजाउने अधिकार थियो, आफ्नो लहडमा बजाए सकिए । आआफ्नो आत्मानुशीलनमा लाग्न सवै साहित्यकारलाई अधिकार छ । …शहरमा के स्वतन्त्रता छ र ?
बेरोजगार,महङ्गी,शिक्षामा अराजकता, मध्यवित्त असन्तुलन,वर्ग–सङ्र्घर्षको क्षेत्र स्पष्ट हुँदै गएको छ ।

इतिहासको यस सन्धि–कालमा एक जिम्मेदार लेखकले शोषितको लागि कलम उठाउनु बाध्य हुनुपर्छ । अन्यथा इतिहासले माफ गर्दैन । मेरो रचनामा निर्देशित राजनीति खोज्नु व्यर्थ हुन्छ । शोषित तथा पीड्त मानवप्रति संवेदनशील मानव नै मेरो लेखनको प्रधान भूमिका हो । … जीवन गणित हैन र राजनीतिको लागि मानिश हैन ,मानिसको स्वाधिकारलाई जीवित राख्ने अधिकारलाई सार्थक गर्नु नै समस्त राजनीतिको लक्ष्य भएमा उपयुक्त हुन्छ भन्ने मेरो विश्वास छ । मलाई वर्तमान समाज–व्यवस्थामा परिवर्तन गर्ने आकांक्षा छ । म शुद्ध दलगत राजनीतिमा विश्वास गर्दिन । स्वतन्त्रताले पनि अन्न,जल,जमीन,कर्जा,बेराजगार–कुनैपनि देशका जनतालाई मुक्ति दिएको देख्न सकिएन । जुन व्यवस्थाले यो मुक्ति दिन सकेन त्यसको विरुद्ध शुभ्र,शुद्ध र सूर्यको समान क्रोध नै मेरो समस्त लेखनको प्रेरणा हो । दक्षिण–वाम–सबै दल सामान्य मानिससँग गरेका बाचाहरु पूरा गर्न अशफल भए,यस्तो मेरो विश्वास छ । मेरो जीवनकालमा यो विश्वासमा परिवर्तन गर्न सक्ने कुनै कारण होला भन्ने कुनै आशा छैन,यसैबाट सार्मथ्य अनुशार मानवको साहित्य लेखेँ ,जसबाट सामना भएमा त्यसको लागि लज्जित हुनु नपरोस,किनकि लेखकलाई जीवन–कालमा नै अन्तिम न्यायको लागि उपस्थित हुनुपर्छ र जवाफदेहीको जिम्मेवारी हुन जान्छ (भूमिका पृष्ठ ९–११) । ….भोका नाङ्गाहरु आजपनि उदण्ड छन र झुक्नेवाला छैनन् (उपन्यास पृष्ठ १५९) (उपन्यास अग्निगर्भबाट । हिन्दीरुपान्तर जगत शङ्खधर,नेपाली भावानुवाद यो पंक्तीकारबाट । राधाकृष्ण प्रकाशन,नयाँ दिल्ली,भारत । दोश्रो संस्करण,ई.सं.१९८१)” भनेर ५० बर्ष अघि व्यक्त गर्नु भएको धारणा आज पनि उत्तिकै जीवन्त लाग्छ । झुठो बोल्ने,झुठो कुरा सोच्ने र स्वार्थको लागि झुठाका नै सहारा लिनेहरुलाई उनीहरु बाहिर जे जे स्वार्थ व्यक्त गरेपनि यशरी झुठोको सहारा लिनु परेकोमा भित्र चित्तमा थकथक भएर मन अस्थिर बनाउँछन् भनेर महात्मा गान्धीले सन्देश दिनु भएको छ । साहित्यकारहरु सत्य कै पक्षमा लाग्नुपर्छ । सत्यप्रति सही र गलतप्रति गलत भन्दा कशैको झोले भै रहनु पर्दैन । सत्यको पक्षमा लाग्दा प्रीति बढ्छ र ज्ञान प्राप्त हुन्छ भनेर तुलशीदास भन्नु हुन्छ –“जानेँ बिनु नहोइ परतीती । बिनु परतीती होइ नहिँ प्रीती ।। प्रीती विना नहिँ भगति दिढाई । जिमि खगपति जलकै चिकनाइ ।।(रा.च.मा.७ ।८९।७–८) ।
मानिस संसारिक प्राणी भएकाले भौतिक मायाजालको कारण मानस पटलमा प्रभाव परेर राम्रो नाराम्रो भेद गर्न नसकेर भ्रममा पर्दै विचलिन हुन जान्छ । समाजमा शोषण–अन्याय–अत्याचार हुन्छ भने त्यसो गर्ने पात्रहरुको मानवीय भावना–सम्वेदनामा ह«ाष भएको हुन्छ । उनीहरुले विकृत साहित्यको पान गरेका हुन्छन् । ती पात्रहरुले जनताको दुख सुखका–देशभक्तिका–धर्मका आध्यात्मिक साहित्य( लोक कल्याण,लोक मङ्गल) को पालना गर्दैनन् ।“बाङ्गो हो नदी परन्तु जल ता बाङ्गो कहीँ हुन्छ र ? टेढो नै ऊखु होस् तथापि रस ता टेढो कहाँ हुन्छ र ?”( केदारनाथ उपाध्याय अधिकारी । अष्टावक्र गीता) । साहित्यकारलाई चित्त नबुझ्नेहरुले कस्तो बाउँठिएको टेढो मान्छे भनेपनि जनता र देशको लागि लेख्ने सहित्यकारको सिर्जना कहिल्यै पनि बाङ्गो हुनेछैन भन्ने सोचेर श्रद्धेय केदारनाथज्यूको यति मिठो आध्यात्मिक साहित्यको सम्झना हुन गयो । “ मानवोचित गुणहरुमा निरन्तर वृद्धिगरेर त्यस्ता गुणहरुमा ह«ाष हुन नदिने ज्ञानको भण्डारलाई सहित्य भनिन्छ । साहित्यले मानिसलाई मानिस बनाई राख्न महत्वपूर्ण भूमिका निभाउँछ । मानिसको अन्तरात्मामा स्वच्छता ल्याएर तेजपूर्ण तथा शान्तिमय बनाउँछ । अहिलेको जस्तो गरी विगतमा साहित्य विकृतिपुर्ण रुपले लेखिएको थिएन । अचेल भौतिक उपलव्धी,भौतिक सुखप्रति आशक्ति बढेकाले साहित्यलाई मनोरञ्जनसम्ममा सीमित गरिएको छ । सोच्न–चिन्तन मनन् गर्न वाध्य पार्ने आदीसाहित्य–सर्वोपरी आध्यात्मिक साहित्य रुपी हाम्रा वेद–पुराण–गीता–रामायण–इत्यादीप्रति अचेल मानिसहरु मुन्टो बर्टान थालेको पाइन्छ ”(श्रीश्यामसुन्दरजी मिश्र । मानवीय मूल्योँकी स्थापनामेँ आध्यात्मकी भूमिका । कल्याण पत्रिका । गीताप्रेस,गोखपुर,भारत । वर्ष ९८,संख्या ५,पूर्ण संख्या ११७० । ज्येष्ठ वि.सं.२०८१ । पृष्ठ १६–१७) भनेर साहित्यकारले सर्व विषयगत क्षेत्रमा चिन्तन गर्न उपयुक्त हुन्छ भनेर समेत मनन् गर्न थालिएको छ ।
‘नदेख्ने कविले के छ’ भनेर कविता त नेपालीमा लेखिएको नै छ । चाणक्यले त उहिले नै यो कुरा भन्नु भएको थियो । अधर्म,धर्म,कर्म सर्वत्र कविले देख्नै पर्छ । कबीर भन्नु हुन्छ–‘कीडी के पग नेवर(घुँघरु) बाजे,सो भी साहब सुनता है’(अली सरदार जाफरी । कबीर बानी । राजकमल प्रकाशन प्रा.लि.,भारत । संस्करण ई.सं.२०१० । पृष्ठ–७०) ।
अहिले देशमा नजानिदो किशिमले सङ्कटको पातलो कुईरो देखिदैछ । थमस जेफरसनले भन्नु भएको थिया े–“जव दुई नदी मिल्छन् भनेँ पानी शान्त रहन सक्दैन । सङ्कटको बेला बुद्धिमान पूल बनाउछ,मुर्ख बाँध बाँध्नतिर लाग्छ । यदी आपसमा लड्यौँ भने शत्रुसँग लड्न–जुध्न सकिदैन ।” यस्तो वेला नेपालमा अहिले राष्ट्रिय एकता तथा मेलमिलापकोे आवश्यकता छ । सरकारमा दुई दलको हालिमुहालि छ । मेलमिलापिको आफ्नै अस्त्रले विकृतिलाई हिर्काएर स्थिति नविगार्ने कर्तव्य त सरकारमा बसेकाहरुको नै हो । तथापि बाहिर बसेर साहित्यले स्थिति उथलपुथल नहोस भनेर खवरदारी जारी राख्नु पर्छ ।
यस सम्बन्धमा–(क) “सत्य र न्यायको लागि तपाईँ भित्र चल्ने आन्तरिक सङ्घर्ष नै तपाईँको अस्तित्व विधमान छ भन्ने पुष्ठाई हो । जसले आफ्नै अस्त्रले शत्रुलाई पिट्छ उशले नै विजय प्राप्त गर्छ । सिर्जनात्मक कारणहरुको पछाडि तपाई लाग्नु हुन्छ भने जिवन सार्थक हुन्छ” (हेनरिक जोहान इवसन,लेखक तथा कला निर्देशक,नर्वे) । (ख) “खजानाको एउटा कचौरा चोरेको आरोपमा मन्दीरको एक पदाधिकारीले एकजना चोरलाई समातेर लाँदै गरेको मैले देखेपछि भनेँ–ठूलो चोरले सानो चोरलाई लाँदैछ । लाजमान्नु सदाचारको प्रतिक हो । म एक कुकूर हूँ । म दयालु मानिसलाई माया गर्छु,लोभी कञ्जुसहरुप्रति भूक्छु र दुष्टहरुलाई टोक्छु ”(डायोजनीज,ग्रीक दार्शनिक) । जस्ता वचनहरु समेत मनन् योग्य हुन सक्छन् –
(छविचित्रहरु सौजन्य ः लेखक स्वयंबाट,वि.सं.२०२४) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *