एकीकृत फ्रेण्डसिप सहकारीद्वारा ४० जना विद्यार्थीलाई सम्मान
दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले ‘फ्रेण्डसिप शैक्षिक सम्मान’ कार्यक्रमको आयोजना गरेको छ । संस्थाले वार्षिक कार्ययोजना अनुसार गत बर्ष एस. ई. ई. तथा कक्षा १२ मा समावेश भई उत्कृष्ट अङ्क सहित उत्तिर्ण हुने संस्थाका सदस्य तथा बाल बचतकर्ताहरुलाई सो सम्मान गरिएको हो । संस्थाको मुख्य कार्यालय तथा काठमाण्डौ सेवा केन्द्रबाट विद्यार्थीहरुलाई उक्त सम्मान प्रदान गरिएको थियो । संस्थाले ३।२१ जिपिए ल्याई उत्तिर्ण हुने ४० जना विद्यार्थीलाई सम्मान गरेको जनाएको छ । काठमाडौँ सेवा केन्द्रमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष एवम् संस्थाका पूर्व उपाध्यक्ष डि वी बस्नेतको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष भुमिराज खड्काको सभापतित्व रहेको थियो ।
त्यसैगरी मुख्य कार्यालयमा संस्थाका उपाध्यक्ष केदारबहादुर जिरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सस्थाका पदाधिकारी तथा सञ्चालक समिति सदस्य, सेवा केन्द्र सञ्चालन उपसमिति सदस्य, संस्थाका प्रमुख कार्यकारी अधिकृत, विभिन्न विभागीय प्रमुख, सदस्य लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संस्थाको प्रविधी सञ्चालन तथा वित्तीय साक्षरता सम्बन्धी छोटो प्रस्तुतीकरण समेत गरिएको थियो । सो कार्यक्रमको सञ्चालन मुख्य कार्यालयमा प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्री र काठमाडौँ सेवा केन्द्रमा नायव प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले गरेका थिए । फ्रेण्डसिप शैक्षिक सम्मान अन्तर्गत संस्थाले ३.२१ जिपिए सहित उत्तिर्ण हुने विद्यार्थीहरुलाई ३ हजार नगद र मायाको चिनो सहित सम्मान गर्दै आएको छ।