एनएमबि म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

काठमाण्डौं । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई वटा अलग अलग योजनाले लाभांश घोषणा गरेका छन् । योजना व्यवस्थापक एनएमबि क्यापिटलको सञ्चालक समितिको गत असोज २ गते बसेको बैठकले एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड २ को आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हो।

जसअनुसार एनएमबि फिफ्टीले करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड २ ले १० प्रतिशत प्रतिशत नगद लाभांश इकाईधनीहरुले पाउने छन् । लाभांश प्रयोजनका लागि दुवै योजनाले आगामी असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । योजना व्यवस्थापकको कोष प्रबर्द्धकमा एनएमबि बैंक छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *