फोनपेको ‘सुपर यात्रा’ अफर

काठमाडौं । फोनपेले ‘सुपर यात्रा’ अभियान घोषणा गरेको छ । दसैंतिहारको अवसरमा हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कारसहित अफर योजना घोषणा गरेको हो । ‘सुपर यात्रा’ अभियानअन्तर्गत नयाँ प्रयोगकर्ताले पहिलो हवाई टिकट बुकिङमा तीन सय रुपैयाँ क्यासब्याक प्राप्त गर्ने भएका छन् । यस्तै प्रयोगकर्ताले दुई सय रुपैयाँ क्यासब्याक पाउने भएका छन् । यसबाहेक फोनपेले अतिरिक्त रोचक गिफ्टको पनि घोषणा गरेको छ ।

जसमा एक विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्ने भएका छन् । हरेक हप्ता पाँचजना विजेताले स्मार्टवाच जित्ने कम्पनीले जनाएको छ । दसैंतिहारमा बढ्दो मागलाई लक्षित गर्दै नगदरहित अनुभव प्रदान गर्न एयरलाइन्स र यात्रा प्लेटफर्मको सहकार्यमा अफर ल्याएको कम्पनीले जनाएको छ । ‘सुपर यात्रा’ अभियानमार्फत आफ्ना ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्प प्रदान चाहेको फोनपेका सीएसओ सुभोद शर्माले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *