आज सुनचाँदीको मूल्य बढ्यो, तोलाको १ लाख ५८ हजार ८ सय कायम

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *