माछापुच्छ्रे बैंक र होस्टेल व्यवसायीबिच सम्झौता, बिनाधितो पाँच लाखसम्म ऋण दिने

काठमाडौं । होस्टेल व्यवसायका निम्ति माछापुच्छ्रे बैंकले बिनाधितो दुईदेखि पाँच लाख रुपैयाँसम्म ऋण दिने भएको छ होस्टेल व्यवसायी संघ र माछापुच्छ्रे बैंकबीच बिनाधितो ऋण दिनेसम्बन्धी सम्झौता भएको हो । होस्टेल व्यवसाय सञ्चालन गर्न र गरिरहेकालाई व्यवसाय विस्तार गर्न ऋण दिने सम्झौता भएको संघका वरिष्ठ उपाध्यक्ष किरण शर्मा पंगेनीले जानकारी दिए ।

यस्तै, बानेश्वरस्थित एभरेस्ट हस्पिटलले होस्टेल व्यवसायी, विद्यार्थी र कर्मचारीलाई उपचारमा २० प्रतिशत छुट दिने सम्झौता गरिएको छ । संघको साधारणसभामा उपस्थित प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले होस्टेल व्यवसायी र विद्यार्थीलाई लागुऔषध, साइबर क्राइम तथा ट्राफिक नियमका विषयमा प्रशिक्षण दिन नेपाल प्रहरी सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *