सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा छविलाल जोशी पक्राउ

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ ।

जोशीलाई प्रहरीले कास्की प्रहरीको पत्रका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शं‍खमूलबाट पक्राउ गरेको हो । जोशीलाई पोखरा लैजाने तयारी छ ।

जोशी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *