सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी जोशीको आजबाट बयान सुरु

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको आजबाट बयान सुरु भएको छ ।

प्रहरीले सरकारी वकिल कार्यालयमा लगेर जोशीको बयान सुरु गरेको हो । सहकारी ठगी, सङ्गठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरण लगायत मुद्दा कारबाहीका लागि सिफारिस भएकाले आवश्यक छानबिन प्रक्रिया सबै विषयमा केन्द्रित भएर गर्ने प्रहरीले जनाएको छ । सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीले रवि लामिछानेलाई पक्राउ नगरेर आफुलाई मात्र पक्राउ गरेको भन्दै प्रहरीको ध्यानाकर्षण समेत गराएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले पक्राउ गरेर पोखरा लैजाने क्रममा पूर्वडिआइजी जोशीले ‘सञ्चालकलाई पक्राउ गरेको तर एकल रूपमा चेक काट्ने र रकम अपचलन गर्नेलाई कहिले पक्राउ नगरेको भन्दै आक्रोस व्यक्त गरेका छन् । उनका अनुसार रास्वपा सभापतिलाई पनि प्रहरीले त्तत्काल पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडी बढाउन माग गरेका छन् । पक्राउ परेका जोशीले पूर्व गृहमन्त्री एवम रास्वपा सभापतिले उक्त कम्पनीको प्रवन्ध निर्देशक भएर एकलोटी चेक काटेर विभिन्न पाँच वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको रकम हिनामिना गरेको बताएका छन् ।

‘करोडौं रूपैयाँ उडाउनेलाई सरकारले उन्मुक्ति दिन नहुने भन्दै उनले सरकारको समेत ध्यानाकर्षण गराएका छन् । आफुलाई पक्राउ गरेर रवि लामिछानेलाई बचाउने खेल सरकारको सकरात्मक सन्देश बाहिर नजाने भन्दै उनले आक्रोस व्यक्त गरेका छन् ।समितिले जोशीसहित गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु ९जिबी० राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको छ।

कास्की प्रहरीले अनुसन्धानका लागि समय लिन जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाँदा बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका थिए। तर संभव भएन् । विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएलगत्तै त्यसलाई सरकारसमक्ष पठाउन सभामुखले निर्देशन दिएका थिए । सरकारले पनि तुरुन्तै निर्णय गरेर सम्बन्धित मन्त्रालयलाई कारबाही अघि बढाउन निर्देशन दिएको थियो । समितिले दिएको प्रतिवेदनअनुसार उनीहरूले सुप्रिम, सूर्यदर्शन, सानोपाइला, सहारा र स्वर्णलक्ष्मी सहकारी बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडियामा रकम लगी ठगी गरेका थिए।

यता सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । गोर्खा मिडिया दर्ता गर्दा २०७७ भदौ १० गते जिबी राई र छविलाल जोशीले ५० ५० प्रतिशत सेयर लगानी गरेको समितिको प्रतिवेदनमा उल्लेख छ। त्यसबेला सुरुमा पुँजी पाँच करोड राखिएको थियो।

पछि पुँजी बढाएर १२ करोड पुर्‍याउने प्रक्रियामा छविले आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिएका थिए । त्यसपछि जिबीको ५०, छविलालको ३५ र रविको १५ प्रतिशत सेयर कायम भएको समितिको प्रतिवेदनमा उल्लेख छ । रविले सेयर लिन पनि सहकारीकै रकम प्रयोग गरेका थिए। छविलालले आफू प्रहरी परिसरमा कार्यरत रहँदा जिबीसँगै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग भेट भएको समितिलाई जवाफ दिएका छन्। समितिको प्रतिवेदनअनुसार छविले बुटबलको सुप्रिम सहकारीबाट दुई करोड ५० लाख रूपैयाँ ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए । वीरगन्जको सानो पाइला सहकारीबाट एक करोड ८६ लाख रूपैयाँ ऋण लिएका थिए । पछि मनमुटाव बढेपछि जोशीले गोर्खा मिडियाबाट अलग भएको दाबी गरेका छन् ।

रास्वपाका सभापति आफूलाई पक्राउको तयारी गरेको सूचना थाहा पाएपछि आइतबार रातभर र सोमबार दिनभर कार्यकर्तावरिपरी जम्मा गरेर आफु सुरक्षामा रहेको बताउँदै आएका थिए । प्रहरीले आइतबार साँझ रास्वपा कार्यालय वनस्थलीमा रहेका लामिछानेलाई पक्राउ गर्ने सूचना दिएको थियो । त्यसपछि उनी आफ्ना नेताहरूसँग छलफलमा बसेका थिए। प्रहरीले लामिछानेको निवास र पार्टी दुवै ठाउँमा निगरानी बढाएको थियो। पक्राउ परिन्छ भनेर उनले आइतबारै कार्यकर्तालाई पार्टी कार्यालय आउन निर्देशन दिएका थिए।

आइतबार प्रहरीले उनलाई पक्राउ गर्ने अवस्था नबनेपछि रविले राति कार्यकर्तालाई सम्बोधन गरेर घरतिर लागेका थिए। त्यसबिचमा उनले आफूलाई पक्राउ नगरिदिन भन्दै कांग्रेस एमालेका नेताहरूसँग हारगुहार गरेका थिए। छविलाल र रविमाथि सहकारीबाट रकम ल्याएर ठगी गरेको, कम्पनी, कागजात किर्ते गरेको, संगठित अपराध, सम्पत्ति शुद्धीकरण तथा कम्पनी रजिस्ट्रार कार्यालयलाई छल गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *