कांग्रेस बाढी-पहिरो पिडितको उद्धार र राहतमा केन्द्रित हुने, सय दिने अभियान स्थगित

काठमाडौँ । नेपाली कांग्रेस बाढि-पहिरो पिडितको उद्धार र राहतमा केन्द्रित हुने भएपछि पार्टीको सय दिने अभियान स्थगित गरेको छ ।

आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले अभियान स्थगन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् । प्रवक्ता डा. महतले कोजाग्रत पूर्णिमा सम्मका लागि अभियान स्थगन गरिएको जानकारी दिए । साथै कांग्रेसले हरेक कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम पनि नगर्ने निर्णय भएको उनले बताए ।

उनले सम्पूर्ण पार्टी पंक्तिलाई बाढी पहिरोबाट पिडित जनताको उद्धार र राहत कार्यमा केन्द्रित हुने निर्णय गरेको जानकारी दिएका छन् । साथै कांग्रेसले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा दल दर्ता गर्ने र उम्मेदवारलाई आधिकारिक पत्र दिने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको उनले बताए ।  

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *