काभ्रे बचत संघद्वारा २ लाख रुपैयाँको विपद कोष स्थापना
काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले २ लाख १ सय ११ रुपैयाको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । संघले असोज १० देखि १२ गते सम्म परेको अविरल बर्षाका कारण प्रभावित क्षेत्रका पीडितहरुलाई सहयोग एवं राहत प्रदान गर्न विपद व्यवस्थापन कोष खडा गरेको जनाएको छ । प्रकोप पछिको उद्दार र पुर्नस्थापनाका लागि संचालक समितिको एक दिनको बैठक भत्ता र कर्मचारीहरुको १ दिनको पारिश्रमिक समेत कोषमा जम्मा गरिएको संघले जनाएको छ। कोषलाई थप गर्ने, पीडितहरुसम्म राहत पुर्याउन र सहकारी अभियानको तर्फबाट सहभागिता जनाउने उदेश्यले कोष स्थापना गरेको भन्दै अध्यक्ष उदयराम कायस्थले सहकारी संघरसंस्था तथा मनकारी व्यक्तिहरुलाई स्वेच्छिक रुपमा उक्त कोषमा सक्दो सहयोग गर्न आव्हान गरेका छन् । सेवा नै धर्म हो भन्ने भावलाई आत्मसाथ गर्दै विपदमा परेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरि गाँस, बास, कपास र घाइतेहरुलाई औषधी उपचार र यातायातको प्रबन्ध गर्न सम्बन्धित स्थानीय तह, सुरक्षाकर्मी, जनसमुदायहरु र सहकारी संघरसंस्थाहरुले हातेमालो गरि आ आफ्नो तर्फबाट सहयोग गर्न सबैमा आह्वान गरेको छ ।
एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारी अवधारणलाई आत्मसाथ गर्दै विपदमा परेका सहकारी संस्थाका सदस्यहरुको सुविधालाई मध्येनजर गर्दै प्रभावकारी माध्यमबाट वित्तिय सेवा उपलब्ध गराउँदै विभिन्न राहत कार्यक्रमहरु संचालनमा ल्याई वितरण गर्न सहकारी संघरसंस्थाहरुलाई संघले अपिल गरेको छ । देशको विभिन्न ठाँउहरुमा बाढी, पहिरो, कटान र डुबानका कारणले सडक अवरुद्ध हुनुका साथै भौतिक संरचना, अन्नवाली, पशुधन र मानवीय धनजनको ठुलो क्षति भई धेरै परिवारहरु घरवार र आफ्न्त विहिन हुन पुगेकोमा बचत संघले गहिरो दुःख व्यक्त गरेको छ । यस विपतको घडीमा घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवंगत सम्पुर्ण व्यक्तिहरुप्रति संघले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । विपद विगतमा पनि अनेकौ रुपमा आएको र सबैजना मिलि यसको सामना गर्दै आएकोमा यस पटक पनि सबैजनाले आ (आफ्नो तर्फबाट सक्ने सहयोग र सहकार्य गर्न सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ ।