पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबरले दिए राजीनामा

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन् ।

आजमले सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका छन् । उनले आफ्नो कप्तानी अनुभव उत्कृष्ट रहेको बताउदै आफ्ना फ्यानहरुलाई धन्यवाद समेत दिएका छन् । उनले भनेका छन्- ‘म आज तपाईंसँग एउटा समाचार साझा गर्दैछु। मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु । टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो तर अब मैले पद छोडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ ।

आजमले आफ्नो प्रदर्शनलाई प्राथमिकता बताउदै उनले अब आफ्नो परिवारसँग समय बिताउने समेत लेखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *