‘सुगर ड्याडी’ भनेर चिनिने आशिष देउलालाई पूर्पक्षका लागि थुनामा

काठमाडौं । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले ‘सुगर ड्याडी’ भनेर चिनिने बूढानीलकण्ठका आशिष देउलालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । देउलासँगै अन्य तीनजनालाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । देउलाका साथीहरू उदयपुरको त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरुङलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सुरुआती जाहेरीमा देउला र तामाङ मात्रै प्रतिवादी थिए । त्यसकै आधारमा मुद्दा दायर भएको थियो । तर, अर्का युवकले तीनैजनालाई विपक्षी बनाएर दिएको जाहेरीपछि पूरक मुद्दा दायर भएको थियो । फरक–फरक जाहेरी र मुद्दा भएपछि कसुर गर्ने व्यक्ति एकै रहेको भन्दै अदालतले लगाउमा राखेर सुनुवाइ गरेको थियो । सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’बाट परिचित देउलाको समूहले युवायुवतीलाई यातना दिएर आनन्द लिने गरेको अभियोग छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *