एकजुट भएर सामना गरौँ
मुलुक अहिले प्राकृतिक विप-त्तिको महासङ्कटमा फसेको छ । सम्पूर्ण राष्ट्र बा:ढी, पहि-रो र डुबानको समस्याले ग्रस्त छ । जनधनको अकल्पनीय क्षति बेहोरी राखेको मुलुकलाई उद्धार गर्नुपर्ने मुख्य दायित्व सरकारको हो । अहिले जनताको घरघरमा सरकार पुगेको दाबी गर्ने नेताहरूको कमी छैन ।
स्थानीय सरकार नामका पालिकाहरूले अधिकार सम्पन्न गराइएको छ । तिनले जनतासँग उठाएको करको अर्बौँ रुपैयाँ स्वविवेकले खर्च गर्न पनि पाउँछन् । तर अधिकार साधन श्रोत र पैसा भएर मात्र केही हुँदैन रहेछ भन्ने कुरा यस पटक घटनाक्रमले प्रस्ट देखाएको छ । बाढी पहिरोमा पर्नेहरूलाई उद्धार गर्न पालिकाहरू आफैँले पहल गर्नु पर्थ्यो । तर , नगर र गाउँ रक्षक दलको नाममा नगर प्रहरी र गाउँ रक्षक समेत भर्ना गरेर सुरक्षाको दायित्व सरकारको भूमिका कल्पना गर्न नसक्ने गरी नकारात्मक देखिएको छ । सामान्य अवस्थामा काठमाण्डौँलाई आतङ्कित गराउने महानगरको नेतृत्व अर्थात् नगर प्रमुखको चलिचलो केही देखिएन उद्धार र राहतको क्षेत्रमा राजधानीको नगर र निर्वाचित प्रतिनिधि पूर्णतया निष्क्रिय रह्यो । त्यस्तै अवस्था प्रदेश र सङ्घीय सरकारको पनि देखियो । प्रतिपक्ष त झन् यस वेला काखी बजाउने काममा खुल्ला रूपमा उत्रिएर जनताको पीडाको रमिते बनेर बर्स्यो । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री, आइजिपी, विपत् व्यवस्थापन विभागका प्रमुख समेत देशमा नरहेको वेला र मुख्य सचिव सम्मान थाप्दै, फुल माला अबिर लगाएर गृह जिल्लामा मस्त मौलामा लिन हुँदा उत्पन्न असामान्य अवस्थामा उद्धार राहतको काम सही ढङ्गले हुन नसक्नु स्वाभाविक नै हो भनेर मान्न सकिन्न । झन् स्थायी सरकार भनिने कर्मचारीतन्त्रको नेतृत्व गर्ने मुख्य सचिव, यही वेला स्थानीय सरकार जुन घटनास्थलमै हुन्छ को निष्क्रियता त सारा जनतालाई निराश गराएको छ ।
स्थानीय सरकार भनेको जनतासँग अनुचित रूपले कर उठाएर मोज मस्ती गर्नका लागि मात्रै हो कि भन्ने यस प्रकरणले देखाएको छ । घर बगा-उँदा, पुरिदा, गाउँका गाउँ डु-बानमा पर्दा सरकार लाचार बनेर रमिता हेरिरह्यो । प्रतिपक्षले सरकार असफल भएको देखाउन असहयोग मात्र गरेन, अनेक खाले विघ्न खडा गर्ने कोसिस समेत गर्यो । यो समस्या सरकारको मात्र होइन । प्रतिपक्षको पनि हो । अझ नागरिक समाज सरकारमा रहेका र सरकार बाहिर भएका राजनीतिक दल र सम्पूर्ण देशवासीको साझा हो । यो समस्यामा हामी सबैलाई दुख्नुपर्छ । सबैलाई स्त ब्ध गराउने यो घटनाको सम्पूर्ण देश बासी एक भएर सामना गर्नुपर्छ । र, त्यसको नेतृत्व सरकारले लिनुपर्छ । सरकार नै कमजोर, लापर्बाह र जिम्मेवारी बोध नगर्ने अवस्थामा रह्यो भने अर्को सङ्कट पनि निम्तिन सक्छ । अहिले झन्डै त्यस्तो अवस्था आउन लागेको देखिन्छ । नत्र प्राकृतिक विपत्ति हामी नेपालीलाई मात्र पर्ने होइन र यो नै पहिलो र अन्तिम विपत्ति पनि होइन । यस अघि पनि कैयौँ विपत्ति आए र टरेर गए । यसपछि पनि त्यस्ता विपत्ति आइरहन्छ । नेपालमा मात्र होइन विशाल प्रजातान्त्रिक देश भारत , साम्यवादी चीनमा यस भन्दा हजार गुणा ठुलो विपत्ति आउने गरेको छन् । फिलिपिन्स, जापान, इन्डोनेसिया देखि अमेरिकासम्म आउने सु नामी, भूक म्प आदि विपत्तिका अगाडि यो समस्या त केही होइन । तर विपत्ति भन्दा सरकार विहीनताको अवस्थाले निम्त्याएको पीडा ठुलो भयो । र, यो सरकारको समस्या हो हामी यसमा किन फस्ने भन्ने प्रवृत्तिले झन् यसलाई गम्भीर बनाएको छ । यदि यस्तै अवस्था रहे भविष्यमा जुन पार्टीको सरकार आए पनि जनता अझ बढी आहत हुने निश्चित छ ।
तसर्थ, हामी सबैले अहिले नै आफ्ना दायित्व व्यवहार र काम कारबाहीको समीक्षा गरौँ र कमीकमजोरी हटाएर अघि बढौँ । सारा राष्ट्र एक ढिक्का भएर खडा हुने हो भने समस्यामा पर्नेहरूलाई त्यसबाट बाहिर ल्याउन सम्भव छ । हामी एक भएर स्थिति सम्हालौँ ।