बिना बर्षे झरी
पर्यो आपत्ति
बिना बर्षे झरीले
गर्यो बिपत्ति ।१
दैब लागेसि
केही हाम्रो लाग्दैन
मेघ जागेसि ।२
बस्छौ दुःखमा
रोई बाच्नु पर्याछ
दशै मुखमा ।३
मन रुवायो
अन्नपात कटेरो
सबै बगायो ।४
कस्ले भन्ला र
गरीबको झुपडि
केले बन्लार ।५
खुसि मनले
दिए हुन्थ्यो राहत
नेता जनले ।६
नेता डुलेका
दुखि जन दुःखमा
सधैं भुलेका।७
सबै हर्नेभो
बालि नालि बगायो
कसो गर्ने हो ।८
छुरा रोपेर
गरिब निचर्छन
मौका छोपेर ।९
गर्यौ लर्खर।
जन बिना के चल्छ
बुझ सर्कार ।१०
हाम्रो दशैमा
गाँस बाँस कपास
देउ सबैमा ।११
(हाल अष्टेलिया)