भौतिक पूर्वाधार मन्त्रालयले भन्यो वीपी राजमार्ग दशैं अगाडि खुलाउन सकिदैन

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ ।

रोशी खोलाले बगाएको राजमार्ग दशै अगाडी खुलाउन सक्षम नरहेको मन्त्रालयले जनाएको हो । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले ‘दशैं अगाडि खुल्ने अवस्था नरहेको बताएका हुन् । 

वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन । त्यसैले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुनेछ । गत विहीबारदेखि परेको अविरल बर्षाका कारण बीपी राजमार्ग अन्तर्गत भकुण्डे नेपालथोक सडकको १२ किलोमिटर सडक खोलाले बगाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *