युकेमा गायिका राईको एकल साँझ र काँडेतार हेर्नेको भिड

काठमाडौं । सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसंगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र ‘काँडेतार’ आईतवार आश्फोर्ड युकेको सिङ्गलटन हलमा उल्लेखनीय दर्शकहरु बीच विशेष प्रर्दशनी भएको छ ।

देशको माटो र मान्छे जोगाउने उदेश्यको साथ बनेको देशभक्तिपुर्ण चलचित्र ‘काँडेतार’ प्रति युकेवासी नेपालीहरुले देखाएको प्रेम र सद्भावबाट आफु अत्यन्तै हर्शित भएको निर्मात्री सत्यकला राईले बताउनु भएको छ । चलचित्र हेर्ने दर्शकहरुलाई थप मनोरन्जन प्रदान गर्न निर्मात्री एवं गायिका सत्यकला राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नुभएको थियो चलचित्र हेर्न विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कलाकार, लेखक, पत्रकारहरु लगायत मुख्य आयोजक टिमका अधक्ष्य, नेप्लिज लेडिज ग्रुरुपका जया कोयी राई, ट्रष्टि गोर्खा पिस फाण्डेशन देवान राई, महासचिव किरात राई यायोक्खा वेलायत नेपाली कलाकार प्रस्तोता समाज गंगाराज राई, अन्य संघस्थाका प्रतिनिधिहरुमा कल्पना राई कुंजु, प्रकाश राई, सकुन लिम्बु नेम्बाङ्ग, कृष्ण राई, निर्मला राई, बिपिन लिम्बु, माला लिम्बु, एलिसा राई आदिको उपस्थिति थियो । प्रायोजकमा आस्मी ज्वेलर्स, गोरखा भान्साघर, गोरखा भिल्ला, शिला किचन, काठमाण्डौ र गोल्ड होलसेल, केन्ट गोरखा कम्पनी, मेडिस्टोन तन्दुरी, सरस्वती ज्वेलर्स आदि रहेको थियो ।

नेपालको प्राय सबै शहरमा विशेष प्रदर्शन सम्पन्न भइसकेको र अत्यधिक रुचाइएको चलचित्र काँडेतारमा नवल खडका, गौरब पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादब, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठ आदि कलाकार रहेका छन् । नवल खडकाको निर्देशन रहेको ‘काँडेतार’मा कार्यकारी निर्माता सत्यकला राई, लेखन शिवम् अधिकारी र नवल खड्का, छायांकन सौरभ लामा, द्वन्द श्री श्रेष्ठ, नृत्य कविराज गहतराजको रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *