विहिबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । विहिबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदीको मुल्य १५ रुपैयाँले बढेर १९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *