इजरायलले गर्यो दक्षिणी लेबनानमा ठुलो हवाई हमला

काठमाडौँ । लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा गएराती ठूलो विस्फोटको आवाज सुनिएको छ । बेरुतबाट आएको रिपोर्टका अनुसार यो क्षेत्र स्थानीय एयरपोर्टभन्दा बाहिर छ र इजरायलले हमला गरेको छ ।

यस हमलाको निशाना कसलाई थियो भन्ने अहिलेसम्म स्पष्ट नभए पनि यो क्षेत्र हिजबुल्लाहको गढ रहेको छ । यसअघि इजरायली सेनाले मानिसहरूलाई यस क्षेत्रका दुईवटा भवनबाट बाहिर निस्कन आग्रह गरेको थियो । यसैबीच, लेबनानी सेनाले दक्षिणी लेबनानमा आफ्ना दुई सैनिक मारिएको जनाएको छ । इजरायलले यस क्षेत्रमा हिजबुल्लाह विरुद्ध जमीनी कारबाही गरिरहेको छ । इजरायली सेनाले पनि दक्षिणी लेबनानका धेरै गाउँहरू खाली गर्न सर्वसाधारणहरूलाई आदेश दिएको छ ।

इजरायलले पनि वेस्ट बैंकमा हमासविरुद्ध सैन्य कारबाही गरेको छ । वेस्ट बैंकका प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको बताएका छन्। अधिकारीहरुका अनुसार इजरायलले तुलकर्म शरणार्थी शिविरमा हवाई हमला गरेको छ । इजरायलले यस हमलामा हमासका वरिष्ठ सदस्य जाही यासर अब्द अल रजाक मारिएको बताएको छ ।

हिजबुल्लाहले इजरायलमा विहिबार २३० भन्दा बढी प्रोजेक्टाइल मिसाइल हमला गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *