नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी माग

काठमाडौँ । नेपाल राष्ट्र बैंकले करारमा काम गर्ने २८ जना विभिन्न पदका कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । करारमा काम गर्न इच्छुकले आजको मितिबाट (असोज १८) कात्तिक २ गतेसम्म अनलाइन मार्फत आवदेन दिन सक्नेछन् । रक्षक ४ जना, सिपाही ६ जना, सिपाही महिला ३ जना, पिपा ७ जना, सवारी चालक ६ र खरिद अधिकृत २ जना माग गरिएको छ । ८ कक्षा पास गरेका र एसइइ गरेका सम्मले यी पदका लागि आवेदन दिन योग्य हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *