प्रधानमन्त्रीले अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ नभनेको महासचिव पोखरेलको दाबि
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी शब्द नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको दाबि गरेका छन् ।
फेसबुकमा एक पोष्ट गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणका क्रममा अङ्ग्रेजी भाषणमा ‘डाँफेज’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अङ्ग्रेजी नआएको भनेर मजाक गरिएको सन्दर्भमा अङ्ग्रेजी शब्द नआएर ‘फाँडेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको स्पष्ट गरेका छन् ।
उनले भनेका छन्-
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन अमेरिका गएका बेला ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ‘गैंडाज’ र ‘डाँफेज’ शब्द प्रयोग गरेका थिए ।