शुक्रबार सुनको मूल्यमा नयाँ किर्तिमान, एक लाख ६१ हजार ३ सयमा कारोबार

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ । 

आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि असोज ११ गते सुनको मुल्य एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो ।  त्यस्तै विहिबार भने सुनको मूल्य एक लाख ६० हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मुल्य बढेर १९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *