हिमालयन एभरेस्ट इन्स्योरेन्सको नवनियुक्त सीईओ श्रेष्ठले गरिन् पदबहाली

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठले पदबहाली गरेकी छन् । निर्जीवन बीमा कम्पनीमाहरूमा दोस्रो महिला सीईओ बनेकी उनले बिहीबार पदबहाली गरेकी हुन् । नव नियुक्त सीईओ श्रेष्ठसँग बीमा क्षेत्रको २९ वर्षको अनुभव रहेको छ । वि।सं २०५२ फागुन १६ गते सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा प्रवेश गरेकी उनी विभिन्न पदमा काम गर्दै सीईओ बनेकी हुन् ।

सीईओ बनेपछि नयाँ योजनाको साथ उनले हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व सम्हालेकि हुन् । नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक केन्द्रीत सेवा प्रदान गर्ने र समस्या समाधानमा जोड दिने उनको भनाइ छ । ‘मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो,’ उनले भनिन् । कम्पनीका अध्यक्ष महेन्द्र के. श्रेष्ठ नवनियुक्त सीईओ श्रेष्ठले बीमा क्षेत्रको अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझेको र इन्स्योरेन्स कम्पनीलाई अझ उचाइमा लैजान सहयोग पुग्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *