प्रधानन्यायाधीश राउतद्धारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा सर्वोच्च अद।लातका प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । यसअघि आज नै राष्ट्रपति पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *