अवरुद्ध हेटौंडाबाट काठमाडौं जोड्ने सबै सडकमार्ग सञ्चालनमा

काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध हेटौंडाबाट–काठमाडौं जोड्ने सबै सडकमार्ग सञ्चालनमा आएका छन् ।

मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएसँगै हेटौंडाबाट–काठमाडौं जोड्ने चारवटै सडक सञ्चालन भएको हो । यहि असोज ११ र १२ गतेकोे अविरल वर्षासँगै पहिरो जाँदा हेटौंडाबाट काठमाडौं जोड्ने चारवटा बाटो पूर्णरुपमा बन्द भएका थिए ।

बाढीपहिरोका कारण नौ दिनदेखि अवरुद्ध हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ र हेटौंडा-भीमफेदी-कुलेखानी-स्नेरी-दक्षिणकाली सडक सोमबारदेखि सञ्चालनमा आएका थिए । वागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी–प्रशासन र स्थानीय एवम् जनप्रतिनिधिको सक्रियतामा मर्मतसम्भार गरेर यी सडक सञ्चालनमा ल्याइएको हो ।

हेटौंडाबाट–भैंसे–टिष्टुङ हुँदै त्रिभुवन राजपथको नौबिसे सडकखण्ड बन्द भएको तेस्रो दिनबाट सञ्चालनमा आएको थियो । संघीय राजधानीसँगको पहुँचमार्ग अवरुद्ध हुँदा हेटौंडा–टिष्टुङ–चित्लाङ हुँदै चन्द्रागिरिको लामो र अप्ठ्यारोबाटो हुँदै हेटौंडा–काठमाडौं आउजाउ गरिँदै आएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *